Siraha Times
ताजा समाचार

लहानमा चैत ३० देखि बैशाख १० गते सम्म लहान एक्स्पो तयारी तिव्र गतिमा

  • चैत ३०, २०८०
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राम एकवाल राम लहान ३० चैत्र । सिरहाको लहानमा चैत ३० गते देखि बैशाख १० गते सम्म लहान एक्स्पो हुने भएको छ । महोत्सवको तयारी बारे जिल्ला उधोग बाणिज्य संघ लहान सिरहाले मंगलबार पत्रकार सम्मेलन गरेर लहान एक्स्पो बारे जानकारी गराएको हो । समृद्धिको आधार ,कृषि,पर्यटन उधोग र व्यापार भन्ने मूल नाराका साथ भव्य रुपमा गर्ने जिल्ला उधोग वाणिज्य संघ लहान अध्यक्ष विकास सारडाले बताए।महोत्सव चैत ३० गते देखि संचालन हुने छ ।

महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गर्ने छन । कार्यक्रममा प्रमुख अतिथि महासेठ रहने र मधेस प्रदेशका स्वास्थ्य मन्त्री शत्रुध्न सिंह बिशिस्ट अतिथि रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

संघका अध्यक्ष शारदाका अनुसार १० दिन साम्म चल्ने अन्तर्राष्ट्रिय महोत्सवमा देश विदेशका ख्याती प्राप्त कलाकारहरु आउने र प्रत्येक दिन बेलुकी ४ बजे देखि ९:३० बजे सम्म सांस्कृतिक कार्यक्रम संचालन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

लहान नगरपालिका -१ स्थित पशुपति आदर्श माविको खेल मैदानमा महोत्सवको तयारी गरिएको छ । महोत्सवमा नेपाली कलाकार पिरिती पासमान को साथै छिमेकी राष्ट्र भारतका भोजपुरी गायिका तथा नायिका अक्षरा सिंह लगायतका कलाकारहरु आउने जानकारी दिईएको छ । महोत्सवले लहानको व्यापार तथा पर्यटन प्रवद्वन र प्रचारप्रसार संगै स्थानीय कृषि, पर्यटन, उधोग र व्यापार , संस्कृती, स्थानीय खाना तथा परिकार को उजागर गर्ने अध्यक्ष शारदा ले पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१