Siraha Times
ताजा समाचार

हनुमानजीको साढे एघार बिग्हा जग्गा भुमाफियाहरुले हडपे

  • वैशाख ८, २०७६
  • ९९२ पटक पढिएको
  • राजन सिंह
alt

राजन कुमार सिंह बैशाख ८ ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दो छ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा उच्च राजनीतिक नेतृत्वदेखि सरकारका उच्चपदस्थ अधिकारीसम्म संलग्न रहेको पाइएको छ । विभिन्न ठाउँका मठ–मन्दिर , पोखरी र गुठीका जग्गा सबैभन्दा बढी अतिक्रमणमा परेका छन् । भूमाफियाले सरकारी कर्मचारी र राजनीतिक दलका नेताको आडमा सार्वजनिक जग्गालाई निजी बनाएर बेचबिखन गर्ने गरेको समाचार पनि पटक–पटक प्रकाशित भइरहेका छन् । तर पनि सरकारले सार्वजनिक जग्गाको अतिक्रमण रोक्न र भएका जग्गाको संरक्षण गर्न प्रभावकारी कदम चाल्न सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्थित मनोकामना सिद्ध हनुमान मन्दिरको साढे एघार बिग्हा जग्गा अतिक्रमण भएको छ । विभिन्न व्यतिmहरुले मन्दिरलाई दान गरेका जग्गा किर्ते कागज बनाई अतिक्रमण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सीयाराम साहले बताएका छन । मन्दिर व्यवस्थापन एवम मन्दिरको आयको लागि दाताहरुले प्रदान गरेको उतm जग्गा अतिक्रमण भएपछि मन्दिर संचालन व्यवस्थापनमा समस्या उत्पन्न भएको पत्रकार सम्मेलनमा जनाईएको छ । मन्दिरका जग्गाहरु भुमि सुधार कार्यालयले किर्ते कागजको आधारमा मोही कायम गरि व्यतिmको नाम गएको पाईन्छ । कतिपय जग्गाहरु नापी शाखा धनुषाको फिल्डबुकको जोताहा महलमा कैफियतहरुमा व्यतिmहरुको नाम समावेश गरिएको छ र सो सोको आधारमा श्रेस्ता कायम भएको छ । बिगतम मन्दिर छुट गुठीबाट संचालन हुंदै आएको हो । सोको संचालन तत्कालीन अंचलाधिश कार्यालय जलेश्वरको २०४४ साल चैत २२ गते च.नं. ९२ को पत्रानुसार संचालन हुंदै आएको थियो । ठुलो रकमको चलखेल गरि भगवानको भोग रागको लागि दिएको जग्गा व्यतिmको नाउंमा गएपछि मन्दिर व्यवस्थापनमा ठुलो समस्या उत्पन्न भएको हो । जग्गाधनी श्रेस्तामा हनुमानजी हुंदा हुंदै किर्ते मोहीको आधारमा भुमाफियाहरुले जग्गाहरु हडपेका छन । हनुमानजीको हडपेका जग्गाहरुलाई खोजबिन गर्न , अतिक्रमणबाट जोगाउन र सत्य तथ्य छानबिन गर्न समेत मांग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१