लहानको बलान खोलामा रहस्मय हत्या

  • वैशाख ८, २०७६
  • ९९९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, ८ बैशाख । लहान ९ स्थित बलान खोलाको छेउमा शनिवार एक पुरुषको शव फेला परेको छ । मृतकको घाँटी र टाउँकोमा गहिरो धारिलो हतियारले प्रहार गरिएको लहान प्रहरीले जनाएको छ । मृत्तकका पत्नि माया लामाका अनुसार विहीवार साँझ ७ बजेतीर घरबाट निस्किएका मेरा पति रत्नबहादुर लामासँग एक जना मानिस रहेका थिए । दुवै जना बलानतीर गएका थिए । उताबाट भोली शुक्रवारसम्म घर नफर्किदा खोजखबर गर्न लाग्दा शनिवार मात्रै मृत्त अवस्थामा बलान खोलाको छेउमा फेला परेको बताउँछीन । खोजखबर गर्नेक्रममा स्थानीयवासीले ईलाका प्रहरी कार्यालय लहानलाई खबर गरेपछि सो शवलाई अनुसन्धानको लागि कुकुर समेत प्रयोग गरिएको छ । शव हिजै फेला परेपनि आईतवार पोष्टमार्टमको लागि लहान अस्पताल लगिएको छ । मृत्तक परिवारका अनुसार मेरो घरमा तीन दिनदेखि एक जना मानिस मृत्तक लामासँग बस्दै आएको थियो । उनीसँगै बलानतीर लागुऔषध गाँजा रहेको भन्दै उनीहरु उतातीर पुगेका थिए । मृत्तक लामा लगभग ६० बर्षकोे हो भने उनीसँग रहेका साथी ५५ बर्ष थिए । तीन दिनसम्म मृत्तक लामासँगै बसेका उनका ५५ बर्षीय साथीको नाम ठेगाना उनका घरपरिवारलाई जानकारी नरहेको बताउँछन् । लहान प्रहरीले यो हत्या हो की आत्म हत्या यसवारे व्यापक अनुसन्धान थालिएको छ । चाडैं परिणाम बाहिर आउँने ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर विजय यादवले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१