ताजा समाचार

लहानको बलान खोलामा रहस्मय हत्या

  • वैशाख ८, २०७६
  • ११०३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, ८ बैशाख । लहान ९ स्थित बलान खोलाको छेउमा शनिवार एक पुरुषको शव फेला परेको छ । मृतकको घाँटी र टाउँकोमा गहिरो धारिलो हतियारले प्रहार गरिएको लहान प्रहरीले जनाएको छ । मृत्तकका पत्नि माया लामाका अनुसार विहीवार साँझ ७ बजेतीर घरबाट निस्किएका मेरा पति रत्नबहादुर लामासँग एक जना मानिस रहेका थिए । दुवै जना बलानतीर गएका थिए । उताबाट भोली शुक्रवारसम्म घर नफर्किदा खोजखबर गर्न लाग्दा शनिवार मात्रै मृत्त अवस्थामा बलान खोलाको छेउमा फेला परेको बताउँछीन । खोजखबर गर्नेक्रममा स्थानीयवासीले ईलाका प्रहरी कार्यालय लहानलाई खबर गरेपछि सो शवलाई अनुसन्धानको लागि कुकुर समेत प्रयोग गरिएको छ । शव हिजै फेला परेपनि आईतवार पोष्टमार्टमको लागि लहान अस्पताल लगिएको छ । मृत्तक परिवारका अनुसार मेरो घरमा तीन दिनदेखि एक जना मानिस मृत्तक लामासँग बस्दै आएको थियो । उनीसँगै बलानतीर लागुऔषध गाँजा रहेको भन्दै उनीहरु उतातीर पुगेका थिए । मृत्तक लामा लगभग ६० बर्षकोे हो भने उनीसँग रहेका साथी ५५ बर्ष थिए । तीन दिनसम्म मृत्तक लामासँगै बसेका उनका ५५ बर्षीय साथीको नाम ठेगाना उनका घरपरिवारलाई जानकारी नरहेको बताउँछन् । लहान प्रहरीले यो हत्या हो की आत्म हत्या यसवारे व्यापक अनुसन्धान थालिएको छ । चाडैं परिणाम बाहिर आउँने ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर विजय यादवले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤