Siraha Times
ताजा समाचार

कपिलवस्तुको महाराजगन्जमा अवधी लाेकगीत संगीत संरक्षण कार्यक्रम सम्पन्न

  • चैत २४, २०८०
  • ११२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी, गेडुवजोत कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनीमा “अवधी भाषा कला साहित्य संरक्षण अभियान, महाराजगन्ज नगरपालिका कय उत्कृष्ट पहिचान” मुल नाराकाे साथ अवधी लोकगित संगीत संरक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अहिरउवा नाच , कहरउवा नाच ,  विरहा , अल्हा , चनैनी विरहा लगायत अवधी भाषाकाे लाेकगीत कला संस्कृतिलाई प्रस्तुत गरिएको थियो ।कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री सुरेन्द्र राज आचार्यले भन्नू भयो कि अवधी भाषाकाे आफ्नाे छुट्टै महत्त्व रहेको कुरा बताउनु भयो । अवधी कला संस्कृतिलाई सबैले संरक्षण गर्नु पर्छ ।

Open photo

कार्यक्रमकाे विशिष्ट अतिथि महाराजगन्ज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खानले भने कि अवधी भाषा लाेप हुनुमा हामी सबैको कमीकमजोरीले गर्दा भएको हाे । अवधी भाषालाई विस्तारै विस्तारै बाेल्न छाेडिरहेका छाै । अवधी भाषाकाे कला संस्कृतिलाई जाेगाएर राख्नु हाम्रो कर्तव्य हाे । हाम्रो पहिचान अवधी भाषा नैे हाे । उक्त कार्यक्रम अवध मिडिया जागरणकाे आयाेजना , अवधी पत्रकार संघ कपिलवस्तुकाे समन्वय र महाराजगन्ज नगरपालिका वडा नं ३ काे सहयोगमा सम्पन्न भएको हाे ।

Open photo

महाराजगन्ज नगरपालिकाकी उप प्रमुख रिता कुर्मी , महाराजगन्ज नगरपालिका वडा नं ३ काे अध्यक्ष नैन दास माैर्य , वडा १ काे अध्यक्ष प्रमाेद चाैधरी , वडा नं ५ काे अध्यक्ष छेदी प्रसाद चाैधरी , अवधी भाषाका कवि , पत्रकार र अवधी भाषा प्रेमी लगायत अन्य व्यक्तिहरुकाे सहभागितामा रहेको थियो

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिका वडा नं ...

ओम प्रकाश यादव लहान, जेठ १४ । खडक नगरपालिका वडा नं. ११ लाई औपचारिक रूपमा “बाल श्रम मुक्त वडा&r ...

लहानका मेयर महेश चौध ...

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई ...

सशस्त्र प्रहरी बलको ...

रहमुल सिरहा, १३ जेठ । सशस्त्र प्रहरी बल नेपालको १९ औँ स्थापना दिवस सिरहामा भव्य तथा उल्लासपूर्ण वाता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१