Siraha Times
ताजा समाचार

मधेस प्रदेश सांसद गुप्ता द्वारा अधुरो योजनाहरुको अवलोकन

  • चैत २३, २०८०
  • ९२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ चैत्र सिरहा निर्वाचन क्षेत्र १ख काे मधेस प्रदेश सांसद माननीय राज कुमार गुप्ता द्वारा आफ्नो क्षेत्र भित्र रहेका बिभिन्न अधुरो याेजनाहरुकाे अवलोकन भएको छ। यस जिल्ला भित्र प्रदेश सरकारले धेरै योजनाहरु संचालन गरेका थिए तर धेरै यस्ता योजना छन जुन अहिले अधुरो अबस्थामा छन।

हाल ती सबै योजनाहरुलाई सुचारु गरी आफ्ना क्षेत्रलाई बिकास गर्न नेता गुप्ता यति बेला आफ्नो क्षेत्रको नेताकार्यकर्ता सहित जन्ताको घरदैलो सम्म पुगिरहेको जानकारी माननीय गुप्ताको निजि सचिवाले जनाएका छन। जन्ताको अत्यधिक मतले जितेका नेता गुप्ता आफ्नो क्षेत्रको बिकास गर्न चुनाव जिते देखि सक्रिय रहेको देखिन्छ। गत बर्षमा पनि धेरै आकर्षक योजना सहित माननीय गुप्ता जन्ता माझ आएका थिए र धेरै योजना पुरा पनि गरेका छन। यस जिल्लाको पुर्बी दक्षिणी भेग सधैं बाट पछि पारिएको क्षेत्र हो। हाल सम्म यस क्षेत्रको मुख्य समस्या बलान नदि नियन्त्रण, लहान ठाडी सडक खण्ड चार लाइन निर्माण, मुख्य भन्सारको स्तरउन्नति, कृषि, शिक्षा, स्वास्थ र बेरोजगारी रहेको देखिन्छ।

यस क्षेत्रका समस्या सामाधान हेतु नेता गुप्ता चुनावको समयमा जन्ता संग गरेको बाचा पुरा गर्न लगभग सबै समस्यालाई समेट्दै अगाडी त बढेका छन तर हाल सम्म कृषिलाई आधुनिकीकरण, यान्त्रिकिकरण, बजारीकरण गर्न ठोस कदम चालेको देखिएन। यो क्षेत्र कृषिको लागी उत्तम मानिन्छ र लगभग ९०% जन्ता कृषिमा आस्रित रहेको अबस्था छ। हुन त कृषिको लागी नगरेको होइन तर प्रदेश सरकारले कृषिको लागी छुट्टाएको अनुदान सहि किसान सम्म नपुगी गैर किसान सम्म पुगेर बजेट सदुपयोगको सट्टा दुरुपयोग भएको धेरै उदाहरण रहेको अवस्था छ र अब आउने दिन प्रदेश सांसदको नाताले माननीय गुप्ता गम्भिर हुन जरुरी छ।

यस क्षेत्रका जन्ता नेता गुप्ता माथी धेरै आशावादी छन। हाल उहाँले चालेको कदमहरु बलान नदि नियन्त्रणमा काम शुरु, लहान देखि चार लाइनको कामको थालनी, ठाडी भन्सारको भवन निर्माणमा तिब्रता, कृषि बिधुतीकरण आदी सराहनीय कार्यहरुको थालनी भएको त देखियो तर यस क्षेत्रको समग्र बिकासको लागी अझ धेरै कार्यहरू गर्न बाँकी रहेकोले नेता गुप्ताको ध्यानाकर्षण हुन जरुरी छ। जन्ताको मुख्य माग शिक्षा, स्वास्थ, खाधान र अवास हुन यसलाई पुरा गर्न, जनबोलीको कदर गर्न समेत माननीय गुप्ताको ध्यानाकर्षण होस।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१