जनकपुरधाममा युथ एक्सन फोर्स" नामक संजाल गठन

  • वैशाख ७, २०७६
  • ९०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल बैशाख ७ गते जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न वार्डका युवाहरूको सक्रियतामा "युथ एक्सन फोर्स" नामक संजाल गठन गरिएको छ । उक्त संगठनको प्रमुखमा सर्वसहमतिले युवा नेता प्रशान्त झा चयन भएको छ । जनकपुरधाम उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सामाजिक अभियान्ता तथा उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठको उपस्तिथिमा संगठनका पदाधिकारीले महासेठको हातबाट फुलमाला लगाए पद ग्रहण गरेका थिए । संगठनमा २१ सदस्य समिति चयन गरिएको छ । उपाध्यक्षमा मनिष मंडल,पंकज साह,कोषाध्यक्षमा दिपक यादव,महासचिवमा अमित साह, सचिवमा निरज गुप्ता, सदस्यमा सरोज साह, धनन्जय यादव,किसन साह,राजु मंडल,देव मंडल,सुस्वेट लाभ,उदय यादव र गौरभ सिंह चयन भएको छ भने संगठनको सल्लाहकारमा धर्मेन्द्र यादव (धिरु) राज कमल सिंह, उपेन्द्र साह, अरुण यादव,अभिजित सिंह,अजित मंडल छनोट भएको छ ।

सो संगठनको बारेमा छोटो प्रतिक्रिया दिदै संगठनका प्रमुख झाले भने " अहिले देशमा,नगरमा, वडामा जताततै भ्रष्टाचार,मौलाएको छ, विकृति बढेको छ,पीडितले न्याय नपाएर थप पीडा खेप्नुपरेको छ यस्तो अवस्थामा अब हामी युवाले पार्टी भन्दा माथी उठेर पीडितको पक्षमा र अन्यायको विरुद्धमा सम्बन्धि निकायमा दबाब सिर्जना गर्न एक जुट हुनुपर्ने दिन आएको छ त्यसै अनुरुप आज हामी उर्जाशिल,जोशीला र क्षमतावान युवाहरूलाई एकीकृत गरि एउटा युथ एक्सन फोर्स संगठन निर्माण गरेका छौ" । यस संगठनको हरेक गतिविधि समाजिक हितमा समर्पित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१