मधेश प्रदेश सरकारमा लोसपा रहिरहन्छ : लोसपा प्रवक्ता डा.लाभ

  • चैत १४, २०८०
  • ८८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको भाषा र व्याकरण बिग्रिँदै गएकाले देशमा कृत्रिम र अस्वीकार्य सत्ता समीकरणको अभ्यास भइरहेको बताएका छन् । प्रवक्ता लाभले सत्ता समीकरण बनाइरहँदा सामाजिक र नैतिक रूपमा निषेधित वा वर्जनायोग्य सम्बन्धका बीच पनि साइनो जोडिने गरेकाले देश दुरवस्थामा पुगेको टिप्पणी गरे । ‘नैतिक धरातल मक्किएपछि देश, समाज वा व्यक्तिको उँधो लाग्छ । आज देश अव्यवस्थित अराजक हुँदै जानुका पछाडि नैतिकताको ह्रास नै हो,’ उनले भने ।

उनले राज्यसत्ता सञ्चालनको पौराणिक र प्रमाणिक एवम् आधारभूत पाणिनीकृत व्याकरण पनि नेपालको सत्ता समीकरणका सन्दर्भमा ओझेलमा पारिएको चर्चा गर्दै राजनीतिमा अनैतिक सुविधा खोज्ने र अनुचित कामना पुरा गर्नेहरू बलशाली हुँदा देशमै सिद्धान्त, मूल्यमान्यता र आदर्शको सीमोन्नयन हुन नसकिरहेको अवस्था रहेको बताए । प्रमाणिक र विश्वसनीय रेखाबाट राजेताहरू हटक भएपछि देश दुर्घटनामा जाने अवश्यम्भावी भएको उल्लेख गर्दै प्रवक्ता डा.लाभले दुर्घटनै दुर्घटनाको बोझ थेग्न नसकी देश मध्यावधिको ठूलो दुर्घटनामा जाने प्रस्ट्याए । देशमा उत्पन्न विषम तथा दुरुह परिस्थितिका आकार, प्रकार र लहरलाई लोसपाले नजिकबाट अवलोकन तथा अध्य्यन गरिरहेको बताउँदै डा.लाभले राजनीतिलाई लयमा फर्काउन उपयुक्त समयमा पार्टीले सही निर्णय गर्ने बताए । उनले संघीय सत्ता गठबन्धनको क्यान्सर प्रदेश तहसम्म पुगिनसकेकाले मधेश प्रदेश सरकारमा लोसपा तत्काल रहिरहने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषध सहित ...

लहान , चैत १ ।  सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक ...

नेशनल मेडिकल कलेजद्व ...

रंजित चौरसिया,वीरगंज १ चैत्र। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंज ले पर्सा र बारा जिल्लाका व ...

सिरहा क्षेत्र नं.–३ ...

नरेशचन्द्र बरबरिया सिरहा चैत्र १ गते । सिरहा क्षेत्र नं.–३ का नेपाली काङ्ग्रेसका उम्मेदवार डा. ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१