कर्जन्हाका तत्कालीन मेयर पासवान सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

  • चैत १४, २०८०
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकबाल राम सिराहा चैत्र १४ । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल सहित ५ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ । नगरपालिकाका अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी पाण्डे एण्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवमाथि पनि मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।०७८र ७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरू अनियमितता गरेको आयोगको ठहर छ । उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पुरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र नसार्न र तोकिएको साबिक कर्जन्हा गाविसको कार्यालयबाटै कार्यालय सञ्चालन गर्नु भनेर जारी गरेको आदेश विपरीत प्रशासनिक भवन निर्माणको ठेक्का लगाएर सार्वजनिक सम्पत्तिको हानि/नोक्सानी पुर्‍याएको आयोगले आरोप पत्रमा दाबी गरेको छ।

निर्माण व्यवसायीले भवन निर्माणका लागि पेस्की भुक्तानी लिएको थियो । तर निर्माण कार्य सुरु नगरेको, पेस्की भुक्तानी ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरेको र फिर्ता दाखिला नगरेको आयोगले जनाएको छ। आयोगले तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै १ करोड आठ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

मन्त्री गुप्ताको पहल ...

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानह ...

६४ औं राष्ट्रिय नर्स ...

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज न ...

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१