Siraha Times
ताजा समाचार

वर्तमान सरकार लोकतन्त्र र संघीयता विरोधी उपसभापति नीधि

  • वैशाख ७, २०७६
  • १२०३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख ७ गते नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन् । उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउंदै जनताको हितमा सरकार केही गर्न नसकेको आरोप लगाए । धनुषाको नगराईन नगरपालिका वडा नं. ५ गंगुलीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नीधिले ओली सरकार लोकतन्त्र विरोधी , किसान विरोधी , संचार विरोधी , मजदुर विरोधी , अधिनायकवादी , सर्वसत्तावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको आरोप लगाए । निधिले संविधान, बिधी, पद्धति र नियम कानुन उलंघन गरेर सरकार अधिनायकवादतर्फ जान खोजेको बताए । उनले सरकारले प्रतिपक्षी दलका नेतालाई भूमिकाविहिन बनाएको भन्दै असन्तुष्टी जनाए । केन्द्र सरकार र प्रदेश सरकार दुबै मधेशी जनताको हितमा केही गर्न नसकेको बताउंदै उनले अबको निर्वाचनमा कांग्रेसलाई बहुमत दिएर अधिकार सुनिश्चित गराउन आग्रह गरे । उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउंदै जनताको हितमा सरकार केही गर्न नसकेको बताए ।

नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ का क्षेत्रिय सभापति कन्हैयालाल कर्णको अध्यक्षतामा भएको सो पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , प्रतिनीधि सभासदस्य मिनाक्षी झा , प्रदेश नं. २ का सभा सदस्य शिवचन्द्र चौधरी , प्रमिला दास , नेपाली कांग्रेसका नेता गणेश तिवारी , नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , युवा नेता प्रफुल्लराज घिमिरे , प्रवेश चौधरी , नगराईन नगरपालिकाका नगरप्रमुख परमेश्वर यादव , जनकपुरधाम नगरसभापति मनोज साह , महिला संघकी केन्द्रिय सदस्य निलम कर्ण , तरुण दल अध्यक्ष संजयलाभ कर्ण , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , महिला नेतृ मिनु झा सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा , राजपा , फोरम सहितका पार्टी परित्याग गरि सयौंको संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले अबिर माला लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१