Siraha Times
ताजा समाचार

महिलाहरूको मेचीमहाकाली अनुपम अभियानमा लहानका मेयर चौधरीको सहयोग

  • चैत ९, २०८०
  • ६२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ चैत्र । नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागीताको लागि ऐक्यवद्धता जुटाउँदै अन्तरपुस्ता महिलावादी मञ्चको नेतृत्वमा यतिबेला महिलाहरु मेची–महाकाली अनुपम अभियानमा छन। पुर्ब मेचि देखि ६ चैत्रमा शुरु भएको महिलाबादी अनुपम बस यात्राका महिलाहरुलाई हिजो सिरहाको लहान नगर प्रमुख महेश प्रसाद चौधरीले सम्राट होटेलमा भव्य स्वागत गरेका थिए भने सम्पुर्ण महिला सहभागीहरुलाई सफलताको शुभकामना दिदै स सम्मानका साथ लहान बाट बिदाई गरेका थिए।

कार्यक्रमलाई सहजीकरण गर्दै रीता कुमारी महतोले महिलाको हक अधिकार सुनिश्चित गर्न हरेक क्षेत्रमा महिलाको सम्मान पुर्बक सहभागिता हुन जरुरी रहेको बताएकी छिन। महिला बच्चा जन्माउने मेशिन होइन, चुल्हा चौका मात्र गर्ने र मनोरन्जनका सम्मान मात्र होइन। महिला जे काममा सक्षम रहेकोले राज्यको ध्यानाकर्षण हुन जरुरी रहेको समेत बताएकी छिन। महतो अगाडी थप्दै देशमा महिलालाई देशको दोस्रो दर्जामा गिनिन्छ। जुनै ठाउमा महिला हेपिन्छ, अनेक हिंसाको शिकार महिला नै किन? समेत बताएकी छिन र यस अभियानमा सहयोग गर्ने मेयर चौधरीको खुलेर प्रसन्सा गरेकी छिन।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१