रहमुल लहान ९ चैत्र । नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागीताको लागि ऐक्यवद्धता जुटाउँदै अन्तरपुस्ता महिलावादी मञ्चको नेतृत्वमा यतिबेला महिलाहरु मेची–महाकाली अनुपम अभियानमा छन। पुर्ब मेचि देखि ६ चैत्रमा शुरु भएको महिलाबादी अनुपम बस यात्राका महिलाहरुलाई हिजो सिरहाको लहान नगर प्रमुख महेश प्रसाद चौधरीले सम्राट होटेलमा भव्य स्वागत गरेका थिए भने सम्पुर्ण महिला सहभागीहरुलाई सफलताको शुभकामना दिदै स सम्मानका साथ लहान बाट बिदाई गरेका थिए।
कार्यक्रमलाई सहजीकरण गर्दै रीता कुमारी महतोले महिलाको हक अधिकार सुनिश्चित गर्न हरेक क्षेत्रमा महिलाको सम्मान पुर्बक सहभागिता हुन जरुरी रहेको बताएकी छिन। महिला बच्चा जन्माउने मेशिन होइन, चुल्हा चौका मात्र गर्ने र मनोरन्जनका सम्मान मात्र होइन। महिला जे काममा सक्षम रहेकोले राज्यको ध्यानाकर्षण हुन जरुरी रहेको समेत बताएकी छिन। महतो अगाडी थप्दै देशमा महिलालाई देशको दोस्रो दर्जामा गिनिन्छ। जुनै ठाउमा महिला हेपिन्छ, अनेक हिंसाको शिकार महिला नै किन? समेत बताएकी छिन र यस अभियानमा सहयोग गर्ने मेयर चौधरीको खुलेर प्रसन्सा गरेकी छिन।
प्रतिक्रिया दिनुहोस
लहानमा ‘घर–घरको शान, स्वच्छता अभियान’ तीव्र, भूमिहीन र विपन्न परिवारका लागि शौचालय निर्माण अझै चुनौती
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved