लाखौको भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव

  • वैशाख ७, २०७६
  • ११८० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ६ बैशाख । भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई आज सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतमा निर्वाचन र पत्रकारहरुले मिशन बोर्डर चलाएको कारण सिमाक्षेत्रमा अवैद्य कारोबार केही समय तस्करीमा ह्रास आएपनि भन्सारको आँखामा छारो हालेर राजस्व छलीले निरन्तन्ता पाइरहेको छ ।

यसैक्रममा गोलबजारको चोहर्वा वस्ने प्रविन परियारले साढे तीन लाखको मोबाइल भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका डिआईजी प्रविन श्रेष्ठको टोलीले धनगढीमाईको सोनापुर नजिकबाट आज बरामद गरिएको छ । परियारले राजु इन्टरप्राइजेजको पान नम्बर ३०१७३३४९० मा मूल्य नतोकिएको ८५ थान मोवाईलको बील बनाएर नक्कली कारोबारमा मोवाईल लैजादै गरिएको सरोकारवाला निकायको दावी छ ।

बरामद गरिएको मालसमान र परियारलाई रिहा गर्न साँसद र प्रदेश २ का एक राज्यमन्त्रीको दवाव आइरहेको प्रहरी स्रोतको दावी छ । केही समयता सिरहाको दक्षिण सिमावर्ती क्षेत्रमा भारतबाट कपडा, इलेक्ट्रोनिक, किराना मालसमान भन्सार छली गरी नेपाल भित्रिने गरेको छ भने नेपालबाट तेस्रो मुलुका मरिच, स्याउ, सुपारी, मदिरा चोरीलुकी सिमावर्ती प्रहरीको मिलोमतोमा निकासी भइरहेको छ । लहानका केही ठूला व्यापारी यत्तिबेला सप्तरीको सिमाक्षेत्रबाट अवैद्य मालसमान भारत निकासी गरिरहेको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१