Siraha Times
ताजा समाचार

नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा बनेपाद्वारा सीतापुरका आगलागी पीडितलाई राहत वितरण

  • फागुन २९, २०८०
  • ११९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार सिराहा/ २९ फागुन । नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालय बनेपा काभ्रेपलान्चोकद्वारा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ०६ सितापुरमा आगालागी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । सितापुर निबासी हासिम अन्सारिको घरमा मिति २०८० साल फाल्गुन २५ गतेका दिन अचानक आगालागी भई लाखौंको धनमालको क्षति भएको थियो । उक्त घटनाले हासिम अन्सारी परिबारको ७ जना पुरुष र ६ जना महिला गरि जम्मा १३ जनाको जीवनमा प्रत्यक्ष रूपमा असर परेको देखिन्छ ।

साथै, पिडित परिवारलाई नेशनल लघुबित्त बित्तिय संस्था लिमिटेडले एक कार्यक्रमका बिच खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक प्रयोगमा आउने घरायसी सामग्रीहरु वितरण गरेको बताइएको छ । हिजो सोमबार आगलागी पीडितलाई राहत बितरण कार्यक्रम पिडितकै घरमा दिइएका छन् ।

कार्यक्रमको अध्यक्षता नेपाल लघुबित्त बैंकर्स संघका अध्यक्ष एवम नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत श्री राम बहादुर यादव , प्रमुख आतिथि लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर सहित आतिथिहरु लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अजय यादव, सिटिजन लाईफ इन्स्योरेन्स गोलबजार शाखाको शाखा प्रमुख श्री शशी शेखर यादव, नेशनल लघुबित्त बित्तिय संस्था लिमिटेड को शाखा कार्यालय क्रमशः गोलबजार, बरियारपट्टी,बिन्धी को शाखा प्रमुख अमिरी यादव, देबेन्द्र यादव, पंकज कुमार यादव लगायत नेपाल बिधुत प्राधिकरण सितापुर शाखाको पदाधिकारी रामकुमार यादव, भुवन यादव , समाजसेवी देवनारायण साह, आभाष यादव, प्रहरी चौकी सितापुरका प्रहरी सहायक निरीक्षक राम नारायण मण्डल, पत्रकार दुर्गानन्द यादव, आगलागी पिडित हासिम अन्सारी लगायत अन्य स्थानियहरुको उपस्थिती रहेको थियो ।

पालिका अध्यक्ष चतुरान्नद ठाकुरले भन्नुभयो - प्राकृतिक विपदीबाट जोगिन सचेतना अपनाउनु पर्ने अतिआवश्यक रहेको बताए । हावाहुरीको समयमा होस्यारीसाथ आगोको काम गर्नु पर्छ। साथै , आउने दिनहरुमा आगो पिडितलाई आउने दिनमा पुर्णरुपमा राहत सहयोग गर्ने बताउनुभयो । कार्याक्रममा उदघोषण एवम सन्चालन नेशनल लघुबित्त शाखा कार्यालय बिन्धिको शाखा प्रमुख पंकज कुमार यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१