ताजा समाचार

लालिगुराँसले पांचौ वार्षिकोत्सव मनाए , पत्रकार सिंह र कलाकार यादव सम्मानित

  • वैशाख ५, २०७६
  • २२८३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल बैशाख ५ धनुषाको लक्ष्मीनिया गाउंपालिका वडा नं. २ सिनुरजोडास्थित लालिगुराँस ई.बो.स्कुलले भव्यताका साथ आफनो पांचौ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश नं. २ का सभासद रामअशिष यादवले शिक्षित समाज बनाउनतर्फ सबै मिली लाग्नुपर्नेमा जोड दिएका छन । उनले शिक्षाको विकास नभएसम्म समाज र देशको विकास सम्भव नभएकोले गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ विद्यालयको ध्यानाकर्षण गराए । यादवले आजको बालबालिका भोलिका कर्णधार भएकाले बालबालिकाहरुलाई विद्यालय पठाउन आग्रह गरे । कार्यक्रममा साहित्यकार अशोक दत्तले छोरा र छोरीमा कुनै किसिमको भेदभाव नगरी छोरा सरह छोरीलाई विद्यालय पठाउनु पर्नेमा जोड दिए । छोरीलाई दाईजो नभई शिक्षा दिन उनले सबैलाई आग्रह गरे । वार्षिकोत्सवको अवसरमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष पत्रकार राजन कुमार सिंह र हास्यकलाकार रीना यादवलाई दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मानित गरिएको छ । यस अघि क्रमशः पत्रकार हदिस खुद्यार, हास्यकलाकार रामनारायन ठाकुर , पत्रकार गायत्री मिश्रा, हास्य कलाकार वि.एन. पटेललाई सम्मानित गरिएको थियो । कार्यक्रममा चर्चित कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । विद्यालयका संस्थापक राजिव कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ पत्रकार रामभरत साह , पत्रकार अर्जुन मंडल , ओमप्रकाश साह , किशोर मंडल , अम्बिका मंडल लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤