ताजा समाचार

पत्रकार सिंह र कलाकार यादव सम्मानित हुने

  • वैशाख ४, २०७६
  • १०६६ पटक पढिएको
  • राजन सिंह
alt

बैशाख ४ गते धनुषाको लक्ष्मीनिया गाउंपालिका वडा नं. २ सिनुरजोडास्थित लालिगुराँस ई.बो.स्कुलले आफनो वार्षिकोत्सवको अवसरमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष पत्रकार राजन कुमार सिंह र हास्यकलाकार रीना यादवलाई सम्मानित गर्ने भएको छ । विद्यालयले आफनो पाचौं वार्षिकोत्सव अवसरमा सिंह र यादवलाई सम्मानित गर्ने भएको छ । विद्यालयले प्रत्येक वर्ष आफनो वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रका एक जना र कलाकार एक जनालाई सम्मानित गर्ने गरेको हो । सरसफाई अभियन्ता प्रदेश सभासद रामअशिष यादवको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा अशोक दत्त, नवल किशोर यादव लगायतको उपस्थिति रहने विद्यालयले जनाएको छ । यस अघि क्रमशः पत्रकार हदिस खुद्यार, हास्यकलाकार रामनारायन ठाकुर , पत्रकार गायत्री मिश्रा, हास्य कलाकार वि.एन. पटेललाई सम्मानित गरिएको थियो । बिहीवार हुने सो कार्यक्रममा चर्चित कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤