Siraha Times
ताजा समाचार

धनुषामा बम विस्फोट परि एक महिला घाइते

  • चैत २२, २०७४
  • ११३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २२ । धनुषाको पुर्वी क्षेत्र धारापानीमा आज विहिवार विहान बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारि अनुसार धनुषाधाम नगरपालिका वार्ड नं ९ धारापानी मानमा विस्फोट भएको छ । राजमार्ग भन्दा पाँचसय मिटर भित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो । विस्फोटमा परि जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् । धनुषाको प्रहरी उपरिक्षक चक्र वहादुर सिंहले विष्फोटमा परी स्थानीय ६० वर्षीया तिर्थमाया तामाङ्गको हातमा गम्भिर चोट लागेको बताउनुभयो । घाईते महिलालाई उपचारको लागि जनकपुर अंचल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । बम कसले, किन र कसरी विस्फोट भएको यकिन हुन नसकेको तथा यस बारे अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक सिंहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१