धनुषामा बम विस्फोट परि एक महिला घाइते

  • चैत २२, २०७४
  • ९५९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २२ । धनुषाको पुर्वी क्षेत्र धारापानीमा आज विहिवार विहान बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारि अनुसार धनुषाधाम नगरपालिका वार्ड नं ९ धारापानी मानमा विस्फोट भएको छ । राजमार्ग भन्दा पाँचसय मिटर भित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो । विस्फोटमा परि जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् । धनुषाको प्रहरी उपरिक्षक चक्र वहादुर सिंहले विष्फोटमा परी स्थानीय ६० वर्षीया तिर्थमाया तामाङ्गको हातमा गम्भिर चोट लागेको बताउनुभयो । घाईते महिलालाई उपचारको लागि जनकपुर अंचल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । बम कसले, किन र कसरी विस्फोट भएको यकिन हुन नसकेको तथा यस बारे अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक सिंहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१