Siraha Times
ताजा समाचार

भन्सार छलीका सर्जिकल समान सहित तीन जना पक्राउ

  • फागुन १६, २०८०
  • ६०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएककाल राम लहान । सिरहामा करीब १७ लाख ९० हजार मुल्य बराबरको भन्सार छलीका सर्जिकल सामानहरुसहित ३ जनालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार जिल्लाको लहान नगरपालिका ४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली स्कुटरमा ल्याइदै गरेको २ बोरा सर्जिकल सामान र प्र.२-०१-००२ प.८६०२नम्बरको स्कुटी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा ईप्रका लहान सिरहाबाट खटिएको टोलीले दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्र.२-०१-००२ प.८६०२ नं. को स्कुटरलाई रोकी स्कुटर चेकजाँच गर्दा स्कुटरमा लोड गरि ल्याएको २ बोरामा Bipolan Hip prosthesis लेखिएको २० प्याकेट प्रति प्याकेट अन्दाजी मुल्य रु.२०,०००।– (विस हजार)को दरले अन्दाजी मुल्य रु चार लाख, Expent Tibig Jnsrumont set लेखिएको १ सेट अन्दाजी मुल्य चार लाख, Supra Inxthuments लेखिएको १ सेट अन्दाजी मुल्य चार लाख, विभिन्न साईजको सानो ठुलो स्टिल प्लेट १९५ पिस अन्दाजी मुल्य तीन लाख पचास हजार, स्टिलको गोलो रड २ पोकामा २५ पिस अन्दाजी मुल्य रु एक लाख, सानो मझौला र मसिनो स्टिलको रड ३ पोका अन्दाजी मुल्य रु नब्बे हजार र लोड गरेको प्र.२-०१-००२ प.८६०२ नं.को स्कुटरको अन्दाजी मुल्य रु पचास हजार गरीजम्मा मुल्य सत्र लाख नब्बे हजार मुल्य बराबरको मेडिकल सर्जिकल सम्बन्धी (मानिसको अप्रेशन/ शल्यक्रिया गर्दा प्रयोग गरिने)स्टिल तथा पार्टपुर्जा सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सामानहरु स्कुटरमा ल्याउदै गरेका सिरहा लहान नगरपालिका-१९ बस्ने अन्दाजी १९ वर्षीय निरस सदाय , सोही ठाउँ बस्ने १९ वर्षीय राजेश कुमार सदाय र सोही ठाउँ वडा नं.२४ बस्ने वर्ष १९ को अशोक सदाय लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद सामानहरु, स्कुटर र मानिसहरुसहित आवश्यक कार्वाहीको लागि ठाडी भन्सार कार्यालय ठाडी सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

“अब सेवा प्रवाह अझ प ...

रहमुल, लहान, ३१ वैशाख । सिरहाको लहान नगरपालिका–९ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन सम्पन ...

अर्नमा गाउँपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ३१। सिरहाको अर्नमा गाउँपालिका ले ग्रामीण सडक पूर्वाधार सुदृढीकरण अन्तर्गत ...

सीमावर्ती गाउँको विद ...

ओम प्रकाश यादव लहान, वैशाख ३०। सप्तरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र तथा नेपाल–भारत दसगज्ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१