Siraha Times
ताजा समाचार

कम्पलेक्सको छैठो शैक्षिक बार्षिक समारोह रहमत नगरमा

  • फागुन १६, २०८०
  • ८९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १६ फाल्गुन । सप्तरीको बोदेबर्साइन नगरपालिका २ रहमत नगरमा रहेको जामिया अल इमाम अल बुखारी कम्पलेक्सको छैठो शैक्षिक बार्षिक समारोह कार्यक्रम २०८० पुर्ब मन्त्री एवम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवको प्रमुख अतिथित्वमा र संस्थापक अध्यक्ष मदनी रजाउल्ला रहमानको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ। दस्तार बन्दीको अवसरमा ११ जना दिनि बिद्यार्थीहरु मौलबी र हाफीजे कुरआनको पद सहित तिनीहरुलाई आज बाट बिधिबत बिदाई गरिएको छ।

उक्त कम्पलेक्समा अध्यनरत एक दर्जन बिद्यार्थीहरुको प्रस्तुति देख्दा ती बिद्यार्थीमा निकै टाइलेन्ट समेत देखिएको छ। धार्मिक बिधालय (मदरसा) हुदाहुदै सबै बिषय बस्तुलाई समेटदै नेपाल सरकारको मापदण्ड पुरा गरी उक्त मदरसा सन्चालनमा रहेको देखिन्छ र देशको होनहार जनशक्ति तैयार भैरहेको हिजोको कार्यक्रम मार्फत प्रष्ट भएको छ। हाल कम्पलेक्समा अवासिय सहित १३५ बिद्यार्थी अध्यनरत रहेको छ भने कम्पलेक्स हाता भित्र सबै जाती समुदयको बालबालिकाको लागी हेरा एरिएन्टल बोरिङ स्कुल पनि संचालनमा रहेको छ जसमा ३५० बिद्यार्थी अध्यनरत रहेको छ।

संस्थापक अध्यक्ष मदनी रजाउलाले बिभिन्न दातिय निकाय संग चन्दा चिठ्ठा गरी बिगत लामो समय देखि उक्त संस्था संचालन गर्दै आइरहेका छन भने भौतिक संरचनाको राम्रो ब्यबस्थापन गरी देश बिकासमा टेवा पुर्याइ रहेको छ। यस संस्थामा लगभग १० जिल्लाको गरीब बिद्यार्थीहरुको आसराइ केन्द्र रहेको रहेकोले नेपाल सरकारको नजर हाल सम्म गएको छैन। समारोह कार्यक्रममा पालिका भरिका मा.बि.का प्र.अ.हरु, शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख राम सागर यादव बिभिन्न राजनैतिक दलका नेताकार्यकर्ता अभिभावक बिधालय ब्यबस्थापन समिति लगायत बिभिन्न गन्यमान ब्यक्तिहरु लगायत बिज्ञ मौलानाहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको संचाल मो० रहमुल राईनले गरेका गरेका थिए।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१