Siraha Times
ताजा समाचार

नेपाल राम समाजको नयाँ नेतृत्वमा पुन: प्रथमलाल राम

  • फागुन १४, २०८०
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम 
लहान फाल्गुन १४ - शिक्षित बनौ,सङ्गठित रहौ, संघर्ष गरौ भन्ने मूल नाराका साथ वि. स. २०५३ सालमा स्थापना गरेको नेपाल राम समाजको पहिलो राष्ट्रिय महाधिवेशन सप्पन्न भएको छ। प्राध्यापक स्व. महन्थी रामले वि. स.२०५३ सालमा नेपाल राम समाज कल्याण संघको स्थापना गरेको थियो।उक्त संस्थालाई पछि नाम संसोधन गरी नेपाल राम समाज बनाएको थियो।शनिबार सप्तरीको शम्भुनाथ नगरपालिका -४ स्थित शम्भुनाथमा सन्त शिरोमणि रविदास महाराजको ६४७ औ जन्म जयन्तीको अवसर पारेर संस्थाको अध्यक्ष प्रथमलाल रामको सभापतित्वमा तथा नेपाल सरकारको उप प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न महाअधिवेशनमा, पत्रकार, बुद्धिजीवी लगायत देशभरबाट ३७ वटा जिल्लाका करिब १२००० जनाको बाक्लो उपस्थिति रहेको थियो।

shilyanas 8

खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट पुनः प्रथमलाल रामको नेतृत्वमा सर्वसम्मत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा शम्भु राम, महासचिवमा राधेश्याम राम, सचिवमा धिरेन राम, काेषाध्यक्षमा वेलि कुमारि राम, सद्स्यमा हरिदेव राम, सुजित कुमार राम, अमिरका देवि राम र धनमन्ति देवि राम सहित ९ जना रहनेगरी नयाँ कार्यसमिति चयन भए भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले छुवाछुत गर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कानुनी कार्वाही हर्नु पर्नेमा जोड दिएका छन्।उनले सवैलाई सम्मान गर्न सकेको भए नेपाल अहिले सम्म विकास भइसक्ने बताए । लोकतन्त्रको गोरेटोमा हिड्न समेत जातीय छुवाछुतको अन्त्य गर्नु पर्न धारणा राखेका छन् । नेपाली समाजले एकले अर्कोलाइ सम्मान गर्ने परिपाटीको बिकास हुनुपर्ने समेत बताएका छन् । दलितका लागि दलितले नै आवाज उठाउनु पर्ने जनजातीकालागी जनजातीलेनै मात्र आवाज उठाउने परिपार्टीको अन्त्य गरी आपसी सहकार्यमा अघि बढ्नुपर्ने बताएका छन्।

उक्त कार्यक्रममा संस्थापक अध्यक्ष स्व. माहन्थी रामको श्रीमतीलाई सम्मान समेत गरेका छन। संस्थाका सचीव राधेश्याम रामको सहजीकरणमा भएको कार्यक्रमलाई सम्मपन गर्दै सभापति रामले आफ्नो कार्यक्रम अवधीभर साथ सपोर्ट तथा महाअधिबेशन लाई सफल तुल्याउन निमन्त्रणालाई स्विकारेर कार्यक्रममा पाल्नुहुने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै समाप्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१