उपभोक्तासँग खेलवाड गर्ने व्यवसायीलाई कडा कारवाही गरिने ः मुख्यमन्त्री राउत

  • वैशाख ३, २०७६
  • ७५४ पटक पढिएको
  • राजन सिंह
alt

जनकपुर , बैशाख ३ उपभोक्तासँग खेलवाड गर्ने व्यवसायीलाई कडा कारवाही गरिने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन । उनले खाद्य तथा मासुजन्य वस्तुमा विषजस्ता केमिकल मिसाएर भन्दा कडा कारबाही गरिनुपर्ने जोड दिए । मंगलबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको प्रदेशस्तरीय कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । उनले कमाउने नियतले नै खाद्यवस्तु तथा माछामासुमा विभिन्न केमिकलहरु मिसाएर मानव शरीरलाई निकै हानी पु¥याउने काम भइरहेको बताए । उनले भने, ‘त्यस्ता चिजहरु किन्ने बेलामा निकै नै आकर्षक खालका भएपनि मानिसलाई विभिन्न रोगले च्याप्दै जाने र पछि गएर ज्यान नै लिने गरेकाले त्यस्तालाई गलत क्रियाकलाप गर्ने व्यवसायीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्छ । उनले उपभोक्ता हकहित संरक्षणका लागि कडा कानूनहरु बनेपनि कार्यान्वयन पक्ष भने फितलो रहेको बताए । उनले बजारमा माछा, मासु, तथा मिठाइहरुमा व्यवसायीहरुले उपभोक्तालाई ताजा देखाउने नाममा गलत केमिकलहरुको प्रयोग गरेर अधिकांश सर्वसाधारणमा किड्नी रोग, डाईविटिज, ग्यास्टिक, पत्थरी, हृदयघात, दम जस्ता रोग देखापरेको भन्दै उपभोक्ताको हकहित संरक्षणसंगै गलत क्रियाकलाप गर्ने व्यवसायीलाई हदैसम्मको कारवाही हुनुपर्ने धारणा राखे । उनले खानपानकै कारण अधिकांश रोगहरु हुने गरेकाले उपभोक्ता आफैं पनि सचेत हुनुपर्नेमा जोड दिए । उनले जनकपुर लगायत विभिन्न ठाउँमा गुठीको जग्गा हडप्न अनेकन चलखेल भइरहेको भन्दै यसलाई व्यवस्थित गर्नका लागि सार्वजनिक तथा गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयक ल्याउने तयारी भईरहेको जानकारी दिए । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले गुणस्तरीय खाद्य सामग्रीका लागि गुणस्तरीय सेवा पनि त्यतिकै आवश्यक रहेको बताइन् । दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललगायतको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१