Siraha Times
ताजा समाचार

लुम्बिनी प्रदेश मुख्यमन्त्रीद्वारा गनवरिया-शान्तिनगर सडककाे शिलान्यास

  • फागुन ५, २०८०
  • ७९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु ५ फाल्गुन। जिल्लाकाे महराजगंज नगरपालिकाकाे गनवरिया-शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएकाे छ । ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोक देखि दक्षिण सेमरी हुँदै शिसवा , शान्ति नगर सम्मको सडक निर्माण कार्यको लुम्बिनी प्रदेस सरकारका मुख्य मन्त्री माननीय डिल्ली बहादुर चौधरीले आज शिलान्यास गर्नुभएको छ ।

कार्यक्रम महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खांको अध्यक्षतामा सम्पन्न भएको हो । पुर्वराज्य मन्त्री एवं कांग्रेस नेतृ रिना नेपालकाे पहलमा सडक निर्माण याेजना अघि बढेपनि बाकी बचेकाे कुशहवा बढ्नी बार्डरसम्मकाे बाटाेेलाई समेत समेटेर बजेट बिनियाेजन गरिदिन लुम्बिनी प्रदेश सरकारलाई उपस्थित जनप्रतिनिधिले मन्चबाटै अनुराेध गरेका थिए । लुम्बिनी प्रदेश का मुख्यमन्त्री डिल्लीराम चाैधरीले कपिलवस्तु जिल्लाकाे सांस्कृतिक , ओैधाेगिक एवं सशक्त सामाजिक रुपान्तरणमा आफू कटिबद्ध रहेकाे बताउनुभयाे । कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेल र बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ लगायत विभिन्न जनप्रतिनिधि र एवं राजनैतिक दलका प्रमुख तथा सशरी बिकास मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१