Siraha Times
ताजा समाचार

दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नवराजपुरमा सम्पन्न

  • माघ २८, २०८०
  • १६१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २८ माघ सिरहाको नवराजपुर गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समपन्न भएका छन। पालिका भरिका २० वटै बिधालय समाबेस गराइएको बिद्यार्थीहरु अनुशासनमा रहि सम्पुर्ण खेलहरु स्वहार्दपुर्ण तरिकाले खेलेका छन। तेस्रोदिन अर्थात अन्तिम दिनको खेलकुद प्रतियोगितामा श्री रमेश महतो स्मृति ज.मा.बि. फुलबरिया नवराजपुर -३ सिरहा प्राथमिक तह कक्षा १-५ सम्ममा १० अङक सहित दोस्रो स्थान र कक्षा ६-८ सम्ममा २५ अङक सहित प्रथम स्थान हासिल गरेका छन। कक्षा ९-१२सम्ममा २९ अङक सहित प्रथम स्थान हासिल गर्न सफल भएका छन।

त्यसै गरी ज.मा.बि. सोनवर्षा नवराजपुर -४ सिरहा प्राथमिक तह कक्षा १-५ सम्ममा ९ अङक सहित तेस्रो स्थान ल्याउन सफल भएको छ । कक्षा ६-८ सम्ममा १२ अङक सहित तेस्रो स्थान हासिल गरेका छन र कक्षा ९-१२सम्ममा २६ अङक सहित प्रथम स्थान ल्याउन सफल भएका छन। अवधि फेकनी आ.बि. करमनियाले प्राथमिक तह कक्षा १-५ सम्ममा ११ अङक सहित प्रथम स्थान ल्याउन सफल भएको छ। कक्षा ६-८ मा २० अङक सहित दोस्रो स्थान हासिल गरेका छन। त्यसै गरी बिजेता पुरस्कार ६४ अङक सहित बिजेता पुरस्कार समेत लिन श्री रमेश महतो स्मृति ज.मा.बि. फुलबरिया सफल भएको छ र यस कार्यक्रमको अध्यक्षता गा.पा.का अध्यक्ष शिव उदगार यादवको रहेको थियो भने अन्य अतिथिहरु उपाध्यक्ष पुनम कुमारी यादव, सम्पुर्ण वाडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, अभिभावकहरु, सम्पुर्ण बिधालयका प्र.अ. हरु, शिक्षक र बिद्यार्थीहरुको समेत सह्भागिता कार्यक्रम भव्य र सभ्य तरिकाले सम्प्न्न भएका थिए भने कार्यक्रम सन्चालन शिक्षा शाखा प्रमुख मुनेन्द्र यादवले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१