Siraha Times
ताजा समाचार

वडा अध्यक्ष साहका कारण पीडित बन्दै जग्गा धनी पासमान

  • माघ २२, २०८०
  • ७२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश / खेम रंजन यादव सिरहा लहान २२ माघ । सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा पुस्तै पुस्ता देखि भोग चलन गर्दै आएको जग्गा धनी लक्ष्मण पासमानको बुवा मिठु पासमनको नाउँमा रहेको ३ धुर जग्गाको सुखभोग गर्दै मालपोत रसिद समेत आफुले हाल सम्म तिर्दै आएको बताए । लहान ८ स्थित रहेको किता नम्बर ९ को गाउँबलकको ३ धुर जग्गा लहान नगरपालिकाले उक्त जग्गा मिठु पासमानको भोग चलनमा रहेको प्रमानित समेत गरेको प्रमाण सुरक्षित रहेको जग्गा धनी पासमानको दाबी छ।

423105691_672288104959534_3563700012042784247_n

 

 

 

 

 

 

 

 

  

सोही जग्गा लाई लाखौं आर्थिक सेटीङ्गको प्रलोभनमा लहान नगरपालिका वडा नम्बर ८ का अध्यक्ष श्याम साह सोनी भोरेभोरले गलत सहर जमिन मुचुल्का प्रमानित गरी जग्गा धनी पासमान लाई उठिबास गराउन लागेको हो। जन प्रतिनिधि साहलाई जनताले भोट हालेको सुख सुबिधाको लागी तर अध्यक्ष साहले जनताकै दुख दिने काम गरिरहेका छन्।अध्यक्ष साहले सताको आडमा गलत प्रमाणित गरेको जग्गा धनी पासमानले आरोप लगाएका छन्।

पीडित पासमानले ईलाका प्रहरी कार्यालय लहानमा उच्च अदालत जनकपुर राजबिराजले प्रमादेश जारी गर्दै उक्त जाहेरी सनाखत गराउन ईलाका प्रहरी कार्यालय लहानमा जादा राजनिती प्रभाव र दवाबको कारण प्रहरीले दर्ता प्रमानित गर्न आलटा गरेको पीडितको आरोप रहेका छन्। भोग चलन गर्दै आएको मिठु पासमान कै नाउँमा खाने पानी कार्यालयले लहानले चारकिला तथा लहान नगरपालिकाले समेत प्रमाणित गरेको प्रमाण सुरक्षित रहेको पत्रकार समेलनमा बताए।

अध्यक्ष साहले जानी बुझी राजनीति पर्वाग्राहीको कारण सोही ठाँउमा बस्ने जिया पासमान संग लाखौं आर्थिक लिएर उसको नाउँमा सहर जमिन मुचुल्का प्रमानित गरेको तथ्य फेला परेका छन्। सोही गलत प्रामाणितका कारण जग्गा धनी मिठु पासमानको छोरा लक्ष्मण पासमानले दायर गरेको मुद्दामा वडाले गरेको गलत प्रमानितको अधारमा अदालत जिया पासमानको नाउँमा कायम गरेको छ्।

आफू मुद्दा हारेको केहि दिन पछि ईलाका प्रहरी कार्यालयमा किर्ते जाल्साजी जाहेरी दर्ता गराउन जादा अध्यक्षको प्रभावमा परेर प्रहरीले सनाखत गर्न नमानेको पीडित लक्ष्मणको आरोप रहेका छन्। उक्त फर्जी कागज प्रमानित गर्ने वडा अध्यक्ष श्याम साह भोरे भोरलाई कार्वाही हुनुपर्ने पीडितको आरोप रहेका छन्। कार्वाही गर्ने अख्तियारको अध्यान आकर्षण होस् भने मेरो बुझाई रहेको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१