वीरगंज २१ माघ। समृद्धि नेपाल फाउण्डेशन र सान्भी फाउण्डेशन अफ नेपालको संयुक्त आयोजनामा आईतवार एक कार्यक्रमका बीच च्यारिटीका लागि क्रिकेट प्रतियोगीता सुरु भएको छ । वीरगंजको आदर्शनगर खेलमैदानमा टी फिफ्टीन च्यारिटी क्रिकेट टुर्नामेन्टको उदघाटन गर्दै पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले पर्सा जिल्लामा क्रिकेट खेलको गतिविधि बढ्दै गएकोमा खुशी व्यक्त गरेका थिए । अध्यक्ष सिंहले पर्साबाट अझै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नुपर्ने चर्चा गर्दै वीरगंजका युवाहरुको क्रिकेट प्रतिको आकर्षणले खेल क्षेत्रको सम्भावनालाई उजागर गरेको बताए ।
सान्भी फाउण्डेशन अफ नेपालकी अध्यक्ष सानु गुप्ताको सभापतित्वमा भएको प्रतियोगीताको उदघाटन समारोहमा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडा लगायतको विशेष उपस्थिती रहेको थियो । खेलको उदघाटन संघका अध्यक्ष सिंह र जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले एक जोडी परेवा उडाई उदघाटन गरेका थिए ।
प्रतियोगीतामा वीरगंज सामाजिक संस्था महासंघमा आवद्ध ९ वटा समूहले सहभागिता जनाएको सान्भी फाउण्डेशनका बिवेक झाले बताए । झाका अनुसार ९ वटा टिमलाई ३ समूहमा विभाजन गरिएको छ । जसअन्र्तगत समूह ‘ए’ मा समृद्धि नेपाल फाउण्डेशन, वीरगंज स्प्रीट क्लब र टिम स्पेशल २६ रहेको छ । समूह ‘बी’ मा एम.एस धोनी फ्यान क्लब, ग्लोबल ईमर्जीङ् लिडर्स र इम्प्रुभिङ् वीरगंज रहेको र समूह ‘सी’ मा अपन राधेमाई युवा क्लब, रामगढवा एकता युवा क्लब र सान्भी फाउण्डेशन अफ नेपाल रहेको छ ।
उदघाटन खेलमा रामगढवा एकता युवा क्लबलाई १३ रनले पराजित गर्दै अपन राधेमाई युवा क्लब विजयी भएको छ । प्रतियोगीतामा अपन राधेमाईका अभिषेक चौहान प्लेयर अफ दी म्याच घोषित भए । शनिवार सम्म हुने खेल अन्र्तगत सोमबार समृद्धि नेपाल फाउण्डेशन र वीरगंज स्प्रीट क्लब तथा एम.एस धोनी फ्यान क्लब र ग्लोबल ईमर्जीङ् लिडर्स बीच हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
मोटरसाइकल चालकलाई ट्राफिक सचेतना प्रशिक्षण : "सयौं सेकेन्ड बचाउन होइन, आफ्नो र अरूको जीवन जोगाऔं" अभियान सञ्चालन
स्वास्थ्य केन्द्रमै सर्पदंशबाट बालकको मृत्युपछि सर्वदलीय सहमति: परिवारलाई रु २ लाख ५१ हजार राहत, अस्पताल सुधारदेखि उजुरी नगर्ने बुँद
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic