राघव साहद्धारा प्रेस संगठनका अध्यक्ष सुबेदीको राजीनामा माग

  • माघ १३, २०८०
  • ३४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १३ माघ। समाजवादी प्रेस संगठन नेपाल पर्साको माघ १२ गते सम्पन्न जिल्ला अधिवेशनबाट आशमहम्मद मियाँको नेतृत्वमा बहुमत सदस्यहरुको उपस्थितिमा २१ सदस्यीय समिति गठन भएकोमा संगठनका केन्द्रिय अध्यक्ष विश्वमणी सुबेदीले एक विज्ञप्ति जारी गर्दै सो कमिटीलाई मान्यता नदिने भनि उल्लेख गर्नु भएकोमा संगठनका केन्द्रिय सल्लाहकार राघव साहले खेद प्रकट गर्नु भएको छ ।

सल्लाहकार साहले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै आफुले विधि विधानलाई मानेर बहुमत सदस्यहरुको अधिवेशनमा उपस्थित भएकोमा अध्यक्ष सुबेदीले म माथि कारवाही गरिएको भनि हचुवाको तालमा विज्ञप्ति निकाली चरित्र हत्या गर्न खोजेको र संगठनको जिम्मेवार पदमा बसेर विधि विधान नमानि आफ्नो पुर्खयौली सम्पत्ति ठानी संगठनको हित विपरित काम गर्दै आएको हुनाले जोडदार रुपमा राजीनामाको माग समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संगठनका नाममा गैरसांगठनिक गतिविधिमा संलग्न भएका संगठनका महासचिव रामकुमार ऐलन र नेकपा एकीकृत समाजवादी पार्टी पर्सा अध्यक्ष बालगोपाल थापाको लहलहैमा परेर संगठनका अध्यक्ष विश्वमणी सुबेदी लगायतका केही व्यक्तिहरुले बहुमत पक्ष सँग रायसल्लाह नै नगरी हचुवाको तालमा एकलौटी अधिवेशन गरी अवैधानिक जिल्ला समिति गठन गर्ने काम गरेको साहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

संगठनका बरिष्ठ उपाध्यक्ष नवराज छतकुली र पार्टी अध्यक्ष बालगोपाल थापा सँग १२ गते बिहान छुटा–छुटै सम्बाद हुँदा मैले पर्सा जिल्लाको संगठनमा करिब एक वर्ष देखि नै दुई वटा कमिटी रहेकोले दुबै पक्षबाट दुई÷दुई जना र बिवादित व्यक्ति बाहेक सर्वमान्य एक जना केन्द्रिय सदस्यलाई संयोजक बनाएर ५ सदस्यीय आयोजक कमिटी बनाई एक महिनाको समय दिई अधिवेशन गराउँदा सभ्य र भव्य हुने भएकोले सोही अनुसार गर्न गराउन सल्लाह दिदा वहाँहरुले यो पनि सल्लाह राम्रै हो र उत्ताबाट कुराकानी गरेर तपाईलाई सम्पर्क गर्छौ भने पनि पछि म सँग वहाँहरु सम्पर्क नगरेको साहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सोही दिन दिउसो करिब २ बजेको समयमा पार्टी अध्यक्ष थापाको मोबाईलबाट अध्यक्ष सुबेदीले मलाई सम्पर्क गरी “राघव जी तपाईलाई पहिला जतिको भाउ दिन सकिदैन्, तपाईले भने अनुसार हुँदैन, हामीले चाहे अनुसार गर्ने हो, अधिवेशन सुरु हुँदै छ आउने भए आउनुस नभए केही छैन्” भनि मोबाईल फोन काटिदिए । वहाँहरुले अधिवेशन सुरु गर्दा दुई चार जना बाहेक बाकी पदाधिकारीहरु बिवादित अधिवेशनमा सहभागी नभएको जनाईएको छ ।

अध्यक्ष सुबेदीले दुई तिहाईको हवाला दिएर अधिवेशन सम्पन्न भएको भनि जारी गरेको विज्ञप्तिमा सत्यता नरहेको बताउदै साहले अध्यक्ष सुबेदी सहभागी भएको अधिवेशनमा दुई तिहाई त के, बहुमत नपुगे राजीनामा दिनु हुन्छ ? भनि प्रतिप्रश्न समेत गरेका छन् । संगठन विधि विधानले चल्ने हो । विधि विधान भन्दा माथि कोही छैन् तर अध्यक्ष सुबेदीले माथि बसेर संगठनलाई भाडभैलो बनाउदै हुनुहुन्छ ।

यसमा संगठनका सम्पूर्ण साथीहरुलाई सचेत रहन साहले विज्ञप्ति मार्फत आग्रह समेत गर्नु भएको छ । यदि म विधि विधान बाहिर गएर संगठनको हित विपरित काम गरेको छु भने विधानको धारा पल्टाएर स्पष्टीकरण सोधी चित नबुझे संगठनको केन्द्रिय कमिटीको बहुमत साथीहरु सँग निर्णय गराई कारवाही गर्न सल्लाह दिन्छु । होईन भने, हचुवाको भरमा विज्ञप्ति निकालनुको बेतुकको अर्थ नरहेको उल्लेख छ ।

अध्यक्ष सुबेदीले फरक पेशा र व्यवसायका साथीहरुलाई समेटी अधिवेशन सम्पन्न गर्नु भएकोमा साहले खेद प्रकट गर्दै अध्यक्ष सुबेदीले जारी गर्नु भएको विज्ञप्तिमा साह माथि काल्पनिक आरोप लगाएको उल्लेख छ । पार्टी जिल्ला अध्यक्ष बालगोपाल थापाको बारेमा पार्टी गठन हुँदा सुरु–सुरुमा पार्टी प्रति आकर्षित भएका पर्साका धेरै कार्यकर्ताहरु थापाकै कारण पार्टी छोडिसकेको जनाईएको छ । थापाले जिल्ला सचिवालयको बैठक बसाएको करिब ११ महिना भईसकेकोले यसले पुष्टि हुन्छ कि थापाले पार्टी प्रति कतिको जिम्मेवार हुनुहुन्छ ।

पर्सा पार्टीलाई खरानी बनाईसकेका अध्यक्ष थापा जस्तै अध्यक्ष सुबेदी असंक्षम र अनुभवविहिन व्यक्ति रहेको साहको आरोप छ । १२ गते सम्पन्न भएको पर्साको अधिवेशनमा अध्यक्ष सुबेदी सहभागी हुनु भएको बहुमत पक्ष कि साह सहभागी हुनु भएको बहुमत पक्ष संगठन भन्दा माथि हाम्रो गौरवशाली पार्टी नेकपा एकीकृत समाजवादी केन्द्रिय समिति, केन्द्रिय प्रचार विभाग समिति रहेकोले दुधको दुध र पानीको पानी छुटयाई दिनेमा साह विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

मियाँ नेतृत्वको अधिवेशनमा संगठनका केन्द्रिय सल्लाहकार तथा केन्द्रिय प्रचार विभागका सदस्य साह प्रमुख अतिथि रहेका थिए । साहले अधिवेशनमा संगठनका पुराना सदस्यहरु मध्ये बहुमत पक्ष र केही नयाँ सदस्यका रुपमा थप भएका पत्रकारहरुको उपस्थिति रहेकोमा नवनिर्वाचित जिल्ला समितिलाई साहले सपथग्रहण खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१