व्यवहारमा परिवर्तन नआएसम्म विकास असम्भव ः नगरप्रमुख साह

  • चैत ३०, २०७५
  • ८६१ पटक पढिएको
  • राजन सिंह
alt

राजन कुमार सिंह चैत ३० जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले व्यवहारमा परिवर्तन नआएसम्म विकास सम्भव नभएको बताएका छन । जनता सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.को आठौं वार्षिक साधरण सभालाई शनिवार प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख साहले आचरण सुधार अहिले प्रमुख आवश्यकता रहेको बताएका छन । सहकारी देश विकासको मेरुदण्ड रहेको बताउंदै उनले सहकारीको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन । जनता सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामचन्द्र पंजियारको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला बचत ऋण सहकारी धनुषाका अध्यक्ष धु्रव नारायण यादवले सहकारीलाई समृद्ध बनाउनतर्फ सरोकारबलाहरुको ध्यान आकृष्ट गराए । उनले सहकारी भित्र रहेका विकृति र विसंगतिहरुलाई निराकरण गर्दै सहकारीको प्रभावकारिता बढाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन । कार्यक्रममा सहकारीलाई सहयोग गर्ने विभिन्न व्यतिmहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ भने राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१