आज बलिदानी दिवस मधेश विद्रोहको १७ वर्ष पूरा

  • माघ ५, २०८०
  • ६५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम  लहान २५ माघ । मधेश विद्रोह सुरु भएको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए । महतो मधेश विद्रोहका प्रथम शहिद हुन् । उनको सम्झनामा मधेश केन्द्रित दल र मधेश सरकारले १७ औं बलिदानी दिवस मनाइँदै छ । लहान स्थित शहिद महतोको शालिकमा आज बिहानै देखि नेताहरु माल्यार्पण गरिरहेका छन । आमा रानो देवी र बुवा रवि महतो विहानै लहान पुगेर छोरा शहिद रमेशको शालिकमा माल्यार्पण गर्दै श्रद्धाजली अर्पण गरेका छन् । उनीहरु छोराको श्रद्धाजली दिन हरेक वर्ष लहान पुग्छन।

२०६३ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएका थिए । उनीहरुलाई पक्राउ गरेपछि मधेशका जिल्लाहरुमा आन्दोलन सुरु भएको थियो । आन्दोलनका क्रममा लहान स्थित लिटिल स्टार बोर्डिङ स्कुलको कक्षा ९ मा अध्यनरत सिरहा मझौराका विद्यार्थी १६ वर्षीय महतो पहिलो शहिद भए । त्यसपछि मधेशभर आगोझैं आन्दोलन फैलिएको थियो। मधेश बिद्रोहले नै देशमा संघीयता ल्यायो । सात प्रदेश बन्यो । मधेशको ८ जिल्लालाई तत्काल प्रदेश २ नामाकरण गरियो, जसलाई पहिचानसहितको नाम ‘मधेश प्रदेश’ प्रदेशसभाबाट पारित गरियो।मधेश सरकारले बलिदानी दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल नेवा: राष ...

काठमाडौं  - जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय मोर्चा 'नेवा: राष्ट्रिय समितिको ऐतिहास ...

जलवायु मैत्री गाउँ न ...

रहमुल लहान ३० जेठ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ" जलवायु मैत्री गाउँ नेपाल (CSV ...

माधोपुर र हरिनगरामा ...

लहान जेठ ३० । लहान नगरपालिका २१ अन्तर्गत माधोपुर तथा छिमेकी हरिनगरा क्षेत्रका स्थानीय बासिन्दा पछिल् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१