Siraha Times
ताजा समाचार

नेपाल निर्माण व्यवसायी संघ लहानको ११औ पदस्थापना कार्यक्रम सम्पन्न

  • माघ ४, २०८०
  • ७१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव  लहान ४ माघ । नेपाल निर्माण व्यवसायी संघ जिल्ला कार्य समिति लहान सिरहाको ११औ पदस्थापना कार्यक्रम हिजो सम्पन्न भएको छ । संघको भुतपुर्व अध्यक्ष रासलाल राय राजपुतको अध्यक्षता रहेको थियो भने, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रविन सिंहको प्रमुख आतिथ्य, मधेष प्रदेशसभा सदस्य माननीय राजेन्द्र प्रसाद चौधरी, महासंघका वरिष्ट उपाध्यक्ष एडि लामा, महासचिव रोशन दाहाल, केन्द्रिय सदस्य मन्टुन साह, सिरहा नगर पालिकाका प्रमुख डा. नविन कुमार यादव, भगवानपुर गापाको अध्यक्ष उग्र नारायण यादव, उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्षा विकास शारडा लगायतका विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अतिथिहरुमा नेकपा एमालेका पार्टी नगर अध्यक्ष राजकुमार साह, नेकपा माओवादीका लहान नगरका नगर अधयक्ष हेमन्त कुमार यादव, पत्रकार महासंघ सिरहा सभापति मनोज वनैता, सिटि जेसिज लहानका अध्यक्ष फिरोज शेख, भूतपूर्व लहानका नगर प्रमुख प्रकाश केशी, रियासत लिमी, निर्मान व्यवसायीका पूर्व अध्यक्षहरू बैजनाथ साह, जितेन्द्र यादव, विशाल साह, विभिन्न दलका दलिय प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार व्यापारीहरु लगायत थिए ।

उक्त पदस्थापना कार्यक्रमबाट हिजैदेखि कार्याधिकार तथा सम्पूर्ण जिम्मेबारी अगामी कार्यसमितिलाई सुम्पने गरि वर्तमान अध्यक्ष रामलाल राय राजपुतले आफ्नो पद नव अध्यक्ष अजय बहादुर राउतलाई पदस्थापना गरी आफू निवर्तमान अध्यक्ष हुनुभयो । नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा अजय बहादुर राउत, नि. अध्यक्षमा रासलाल राय राजपुत, उपाध्यक्षहरुमा अमरनाथ साह, प्रथम लाल चौधरी, महासचिवमा कमल प्रसाद यादव, सचिवमा अजय जयसवाल, कोपाध्यक्षमा सुरज कुमार ढकाल, सह कोषाध्यक्षमा प्रदिप कुमार यादव, श्रीमती विन्दु कुमारी यादव, मन्टुन चौधरी, सन्तोष कुमार साह, फुलगेन सिंह र प्रमोद कुमार सिंह लगायत १४ सदस्य छन् । कार्यक्रममा स्वर्गीय लक्ष्मी चौधरीको श्रीमती सिता कुमारी चौधरीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै सिंहले वर्तमान अवस्थामा स्थानीय सरकारको रवैया खराब भएकोले निर्माण व्यवसायीहरुले इमान्दारी र सचेत भई काम गर्नुपर्ने बेला आएको तर्फ ध्यान आकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१