माघे संक्रान्तिको धार्मिक सास्कृतिक महत्त्व

  • पुस २९, २०८०
  • ५५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस २९। ज्योतिषस विद्या अनुसार १२ वटा महिना, ६ वटा ऋृतुहरु अनि १२ वटा मशान्त र १२ वटै संक्रान्तिहरु नयाँ वर्ष अर्थात् वैशाख सङ्क्रान्तिबाट शुरु भएर विभिन्न मसान्त र संक्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुने गर्दछन् । ज्योतिष शास्त्र अनुसार शौरमासको हिसाबले माघे संक्रान्तिको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई "मकर सङ्क्रान्ति " भनिएको हो । यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ समेत गरिन्छ ।

नेपालमा भौगोलिक, जातिय र सांस्कृतिक विविधता रहेता पनि एकै दिन पर्ने र एउटै नामको पर्वलाई भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन रहेको पाईन्छ । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर जातिले मुख्य रूपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गर्दछन् ।

यस दिनबाट उत्तरायण सुरू हुन्छ र उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे संक्रान्तिको दिन गरेको स्नानले तीन किसिमका पापहरू कायिक, वाचिक, मानसिकबाट मुक्त भई मोक्षलोक प्राप्त हुने जनविश्वास रहेको पाईन्छ ।

थारु समुदायमा विशेष गरी नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व विशेष रूपले मनाईन्छ । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँ अनुसार विभिन्न नामले थारु समुदायले मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१