भ्रष्टाचार नगरेको पोखरियाका अधिकृत श्रीवास्तवको दाबी, कमिशनको मामिलामा आतंक मच्चाउदै

  • पुस २४, २०८०
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २४ पौष। पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवको भ्रष्टाचारजन्य कार्यको सन्दर्भमा यस अनलाईनमा समाचार प्रकाशन भए पछि उनले सोमबार केही सिमित पत्रकारहरुलाई बोलाएर आफु भ्रष्टाचार नगरेको दाबी गरेका छन् । कार्यालयको कर्मचारी देखि लिएर भुजापकौडीको नास्ता पसलसम्म कमिशन असुल्नमा माहिर मानिएका अधिकृत श्रीवास्तवको हिम्मत भए यस अनलाईनलाई बोलाएर पत्रकार सम्मेलन गर्नु प¥थ्यो । तर वहाँले त्यसो नगरी आफु चोखो बन्नका लागि पत्रकार सम्मेलन गरेको पाठकवर्गहरु सजिलै बुझ्न सक्छन ।

भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत श्रीवास्तवले २०८० असोज १८ गते देखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालदै कार्यालयको हरेक भुक्तानीमा कमिशनको मामिलामा आतंक नै मच्चाएको कर्मचारीहरुले नै आरोप लगाउन थालेका छन् । अधिकृत श्रीवास्तवले गत असोजमा परेको तीज पर्वको महिलाहरुको बजेटमा पनि मुक्तानी गर्दा महिलाहरुले जति अनुनय बिनय गरे पनि उनले ५ हजार कमिशन लिएरनै छाडेको स्थानिय एक महिलाले बताईन ।

अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि सो तहको दरबन्दी पोखरिया नगरपालिकामा नरहेपनि उनी स्वास्थ्य मन्त्रालयको अधिकारीहरुलाई प्रभावमा पारी काजमा खटिदै आएको बताईन्छ । उनको दरबन्दी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकामा रहेको स्रोतले जनाएको छ । अधिकृत श्रीवास्तव असोज १८ गते प्रमुखको जिम्मेवारी लिनु भन्दा करिब ४ महिना अगाडि प्रमुख बन्नको लागि करिब २० लाख सम्म खर्च गर्दा समेत तत्कालिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उनलाई नबनाई प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालाई पठाएको स्रोतले जनाएको छ ।

तत्कालिन अधिकृत सापकोटा भदौ ५ गते सरुवा भई गईसकेपछि अधिकृत श्रीवास्तव पुनः प्रमुख बन्नको लागि एकाधवटा जनमत पार्टीका नेतालाई प्रभावमा पारी गुहार्दै मन्त्री अनिता साहलाई रिझाई बढीमा २ महिनाको लागि निमित्तको जिम्मेवारी पाएका थिए । अधिकृत श्रीवास्तवको २ महिना बितेपछि पुनः उनले २ महिनाको लागि करिब ५ लाख रुपैया खर्चेर निमित्तको जिम्मेवारी लिन सफल भएको स्रोतले जनाएको छ । भ्रष्टाचार नगर्ने अधिकृत श्रीवास्तव प्रमुख बन्नको निमित्त पटक–पटक खर्चेको रकम कहाँबाट र कसरी निकाल्ने हुन ? आम पाठकहरुले सहजै अनुमान लगाउन सक्छन् । बाराको पचरौता नगरपालिका निवासी अधिकृत श्रीवास्तवले शुक्लागण्डकी नगरपालिकामा कार्यरत्त रहंदा करोडौं करोड भ्रष्टाचार गरी पोखरामा आलिशान महल ठड्याएका छन् भने वीरगंजको मुर्लीमा आलिशान महल रहेको स्रोतको भनाई रहेको छ ।

भ्रष्टाचार सन्दर्भमा सुक्ष्म अनुभव बटुलेका अधिकृत श्रीवास्तव जिन्सी प्रमुख मनोज साहको मिलोमतोमा सामानै खरिद नगरी अनावश्यक भुक्तानी रकम निकाल्दै नगरपालिकालाई बदनाम गराउदै आए पनि मेयर प्रद्युमन चौहान, उपमेयर रुबी ठाकुर लगायतका जनप्रतिनिधिहरुले समयमै सचेत नहुँदा आगामी दिनमा पोखरिया नगरपालिका अझै बदनाम हुदै जाने ईमान्दार कर्मचारीहरुको भनाई रहेको छ ।

स्वास्थ्य क्षेत्रमा दरबन्दी रहेका अधिकृत श्रीवास्तवको प्रशासन सन्दर्भमा अनुभवबिहिन रहेको जानिफकारहरुको भनाई रहेको छ । करोडौं करोड भ्रष्टाचार गरी पोखरा र वीरगंजमा आलिशान महल ठड्याएका अधिकृत श्रीवास्तव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

जलवायु मैत्री गाउँ न ...

रहमुल लहान ३० जेठ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ" जलवायु मैत्री गाउँ नेपाल (CSV ...

माधोपुर र हरिनगरामा ...

लहान जेठ ३० । लहान नगरपालिका २१ अन्तर्गत माधोपुर तथा छिमेकी हरिनगरा क्षेत्रका स्थानीय बासिन्दा पछिल् ...

लक्ष्मीपुर पतारीदेखि ...

ओम प्रकाश यादव, लहान जेठ ३० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारीदेखि भौरसम्मको सडक स्तरोन्नतिको काम आज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१