Siraha Times
ताजा समाचार

गठबन्धनबाट पुजा चौधरी,आनन्द ढुंगाना सहित मधेशबाट पाँच जनाको उम्मेदवारी

  • पुस २३, २०८०
  • ११३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम जनकपुरधाम - राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशबाट पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन। मधेशको जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालयमा सत्तारूढ गठबन्धन दल कांग्रेसबाट अन्यतर्फ आनन्द ढुंगाना र जसपाकी पूजा चौधरीले उम्मेदवारी दर्ता गराएका हुन। त्यसैगरि एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीले मनोनयन दर्ता गराएका छन भने जनमतबाट रामशंकर महासेठले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका सूचना अधिकारी कृष्णकुमार राउतले जानकारी दिए। सुचना अधिकारी राउतका अनुसार एमालेले अन्यतर्फ अर्जुनसिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, सिंह उम्मेदवारी दर्ता गराउन आउँदा मतदाता नामावलीमा नाम नभेटिएपछि उनको स्थानमा पार्टीले विजेता झालाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१