Siraha Times
ताजा समाचार

अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गराईको आरोपमा पक्राउ परेका ३ जनालाई जमानतमा गरे रिहाई

  • पुस २३, २०८०
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt फाइल फोटो

ओम प्रकाश यादव लहान पुष २३ । सिरहा जिल्लाको कर्जन्हा न.पा. वडा नं.०१ को चुरे वनक्षेत्र भित्रको कमला खोलाको बगरबाट एक्सकाभेटर प्रयोग गरी अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरे गराईको आरोपमा पक्राउ परि हिरासतमा रहेका निरज वस्नेत, खलिल राईन र प्रदिप कुमार दर्लामी जिम्मा जमानीमा छाडिएको छ ।

जिल्ला सिराहा कर्जन्हा नगरपालिका न.पा. वडा नं. ०१ मा रहेको चुरे वनक्षेत्र भित्रको कमला खोलाको बगरबाट एक्सकाभेटर प्रयोग गरी अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरे गराईको आरोपमा पक्राउ परि हिरासतमा रहेका निरज वस्नेत र प्रदिप कुमार दर्लामी र मिति १२ गते जिल्ला सिराहा कर्जन्हा नगरपालिका न.पा. वडा नं. ०७ मा रहेको कमलेश्वरी वालुवा प्रशोधन उद्धोग प्रा.लि. का प्रोपराईटर धनुषा जिल्ला जनकपुर उ.म.न.पा.०७ वस्ने मो. खलिल राईनलाई पक्राउ परी हिरासतमा रहेकोमा अनुसन्धान तथा तहकिकातमा समय वढि लाग्न सक्ने भएकोले निज मो. खलिल राईन, निरज वस्नेत र एक्सकाभेटर चालक प्रदिप दर्लामीलाई जिल्ला सरकारी वकील कार्यालय, सिरहाको पत्रादेशानुसार डिभिजन वन कार्यालय, सिराहा, लहानका अनुसन्धान अधिकारीले खोजि भएको बखत उपस्थित गराउने गरी आज माथवरको जिम्मा जमानीमा छाडि थप अनुसन्धान तथा तहकिकात गरिरहेको व्यहोरा विज्ञप्तिमा उल्लेख  छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१