आम जनताको भावनालाई कदर गर्दै , विकासको स्वर्णिम प्रहरमा वाडा अध्यक्ष अमित ठकुरी

  • पुस १८, २०८०
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस १८ । नेपालको संविधान बमोजिम अपाङ्ग व्यक्तिलाई सामाजिक सुरक्षाको व्यबस्था गरेपछि यसको व्यापक खोजी हुन थालेको छ । वास्तवमा कुनै पनि व्यक्ति जसले निश्चित गतिविधिहरू गर्न सक्दैन वा समाजभित्र समान पहुँच प्राप्त गर्न गाह्रो हुने अवस्थाका संज्ञानात्मक, विकासात्मक, बौद्धिक, मानसिक, शारीरिक रूपले असक्त व्यक्तिहरूलाई सामान्यतया अपाङ्ग भनेर बुझिन्छ । अपाङ्गता जन्मदेखि नै हुन सक्छ वा व्यक्तिको जीवनकालमा घट्न जाने विभिन्न कारणहरूले गर्दा पनि हुन सक्छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ मा समेत अपाङ्गको परिभाषा गरेको पाईन्छ । अपाङ्गताको वर्गीकरण, २०६३ अनुसार अपाङ्गता परिचयपत्रलाई चार भागमा वर्गीकृत गरिएको छ । हरेक परिचयपत्रलाई छुट्टाछुट्टै रंग दिइएको छ । परिचयपत्र “क” वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो रंगमा, “ख” वर्गमा पर्नेका लागि निलो रंगमा, “ग” वर्गमा पर्नेका लागि पहेँलो रंगमा र “घ” वर्गमा पर्नेका लागि सेतो रंगमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धी निर्देशिका, २०६५ अनुसार परिचयपत्र प्राप्त गर्ने ठाउँ/निकाय : सम्बन्धित जिल्लाको महिला विकास कार्यालय रहेको पाईन्छ । तर स्थानिय पालिकाहरुको गठन भएपछि सम्बन्धित पालिकाको महिला साखाबाट आवस्यक प्रक्रिया पूरा गरेर परिचय पत्र प्राप्त गर्ने व्यबस्था रहिआएको पाईन्छ ।

भौगोलिक विकटताका कारण सिरहाको धनगढीमाई १४ का अपाङ्गता भएका व्यक्तिहरूलाई वाडा अध्यक्ष अमित ठकुरीले वाडा कार्यालय परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अपाङ्ग परिचयपत्र वितरण गराउनु भएको छ । नगरका उपमेयर संगिता कुमारी चौधरी , सूचना अधिकारी सावित्री शाह , महिला अधिकृत हेमा ज्यू लगाएत विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा आज अपाङ्ग परिचयपत्र वितरण गरिएको हो । वाडा अध्यक्ष अमित ठकुरीले नागरिकता प्रमाणपत्र वितरणको बातावरण मिलाई वडाका नागरिकता विहिनलाई नागरिकता प्रमाणपत्र वितरण गराएर उपलब्धि हासिल गरे लगत्तै अपाङ्ग परिचयपत्र वितरण गराउनु भएको ताजा खवरले उनको विकाश यात्राले चमत्कारी फडको मारेको अनुमान गर्न सकिन्छ ।

आज वितरण गरिएको अपाङ्ग परिचयपत्र पत्र अन्तर्गत "क" वर्गमा १ जना "ख" वर्गमा ९ जना " ग" मा ३ जनाले परिचय पत्र प्राप्त गरेका छन । भौगोलिक विकटताका कारण अपाङ्गता भएका ब्यक्तिहरुको सारीरिक अवस्थालाई ख्याल गर्दै वाडा अध्यक्ष अमित ठकुरीले वाडा कार्यालय परिसरमा सहजै बिना झन्झट परिचय पत्र वितरणको बातावरण मिलाएपछि उनलाई एतिहासिक वाडा अध्यक्ष समेत भनिन थालिएको छ ।

संक्षिप्त कुराकानीमा वाडा अध्यक्ष अमित ठकुरीले " आफू जनताको कामको लागि निर्वाचित भएको हो , चौक चौकमा अरूको खेदो खन्ने र अनावस्यक गफ गर्ने बानी मेरो छैन , त्यसैले म आम जनताको काम सबैलाई फिल्डमा आएर मूल्यांकन गर्न आग्रह गर्न चाहन्छु " भनी बताउनु भएको छ । यता उपमेयर संगिता कुमारी चौधरीले " वाडा अध्यक्ष अमित ठकुरी ज्यूको विकास यात्राबाट अरूले पनि पाठ सिक्नु पर्ने " बताउनु भएको छ । परिचयपत्र हातमा लिएका एक जना व्यक्तिलाई सोध्दा " हामी घर आगनमा अपाङ्ग परिचयपत्र पाएर खुसी छौं " भनी बताउनु भयो । समग्रमा विकासको लहर ल्याउने वाडा अध्यक्ष अमित ठकुरी निरन्तर रूपमा आम जनताको सुख शान्ति खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१