ताजा समाचार

‘लहान महोत्सव के महोत्सव ? जहाँ आफ्नोपन छैन’

  • चैत २७, २०७५
  • १६३५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २७ चैत्र । ‘हाम्रो लहान, समृद्ध लहान’ नारा दिएर लहान महोत्सव शुरु भएको छ । तर, लहान महोत्सव के महोत्सव ? जहाँ आफ्नोपन छैन भने नागरिक आवाज उठ्न थालेको छ । स्थानीयलाई आफ्नोपन दिन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विशुद्ध मधेशी मैथली भाषामा उद्घाटन भाषण दिएका छन् । नेपाली नेवारी भाषाका अर्का साँसद लिलानाथ श्रेष्ठ स्थानीय जनताको आफ्नोपन बनाउँन स्थानीय भाषामै भाषण ठोक्दा खुशीग्रहणता गरे । उता, प्रदेश साँसद लगनलाल चौधरी र आयोजक मेयर मुनी साहले आफ्नोपन छाडेर दर्शकको भाषा विरुद्ध प्रवचन दिएर उपप्रधान मन्त्री पोखरेललाई खुशी पार्ने प्रयास गरेपनि उपप्रधानमन्त्री पोखरेल जिस्क्याउँदै लाज लगाउँदै मेयर मुनी साहको भाषामा प्रवचन दिएर सम्मान पाएका छन् ।

१५ दिनको लागि सँचालन गरिएको लहान महोत्सवमा स्थानीय भाषी कलाकार उदीतनारायण झा, मुरलीधर, गुरुदेव कामत, सँजीव चौधरी, शम्भु चौधरी, डा.अभाष लाभलगायत दूई दर्जनलाई चोट दिंदै बाहिरीया कलाकारलाई मँचासन दिएको छ । बाहिरीया कलाकारहरुले महोत्सवमा स्थानीयलाई आफ्नोपन दिन प्रयास गरेका छन् । तर, स्थानीय भाषाभाखा दिन नसक्दा दर्शकहरु हुटिँग गरेको गर्दै आएको छ । उनीहरुले नेपालीमा हिन्दी मिक्स गरेर प्रदर्शन गरिरहेको छ भने भोजपुरी जस्तो अश्लिल गीत दिएर काम चलाइरहेको छ । स्थानीय सँस्कृतिको नाममा बाहिरीय साँस्कृतिक कार्यक्रमले लहान समृद्धतर्फ उन्मुख नदेखिएको श्याम कृष्ण साह बताउँछन् ।

जसले देशलाई सँघीयता दिएको छ । त्यो मधेश लहान आन्दोलनको विरुद्धमा कार्यक्रम भएको अभाष भइरहेको छ । सहिदलाई अपमान गर्दा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी लहान नगर समितिले प्रलोभनमा महोत्सवमा सहमती जनाएको पत्र सार्वजनिक भएको छ । नेपाली काँग्रेस आत्मसमर्पण नै गरिसकेको छ । लहान महोत्सवमा आफ्नोपन सम्बन्धमा नेपाली काँग्रेसका नगर समितिका सभापति सुनिल महतोसँग प्रश्न गर्दा उनी जवाफ फर्काउनु भएन । जहाँ मधेश आन्दोलन र लहान चमार काण्डको लागि मेयर मुनी साहले पूर्ण सहयोग गरेका थिए । मेयरले यत्तिसम्म गरेको हो की मधेश आन्दोलनको लागि उपेन्द्र यादवलाई लहानमा तीन पटक खानानास्ता, रिक्सा भाडा, प्रेस सम्मेलन गर्न लगानी गरेका थिए । त्यति मात्रै होइन् लक्ष्मण मेहतालाई फोरमको साँसद समेत बनाएका थिए ।

लहान महोत्सवमा लोहान सेनको चर्चा छैन । जुन लोहान सेनको नामबाट लहान भएको छ । आज मुनी साह लहानको मेयर बनेका हुन । तर, लहानको इतिहास कोर्न सकिएन । सलहेशको वीरता के थियो ? जतिबेला तिब्बती र बर्मेलीहरु यस क्षेत्रमा अनाज लुट्न र अतिक्रमण गर्न आउँदा सलहेशको टिमले तिनीहरुलाई धपाउँने गरेको थियो । त्यो कहिकतै यो महोत्सवमा नआएको स्थानीय जानकारहरुको कथन छ ।

चालिस लाखको लगानीमा गरिएको लहान महोत्सवले के सन्देश दिने हो ? यत्तिबेला मेयर मुनी साहसँग स्थानीय जनताले माग अघि सारेको छ । मुनी साह मौनरथमा सवार भइ अर्ध मुस्कान दिन तलिन छन् । महोत्सव भनेको स्थानीय चिजवस्तु कलासँस्कृतिलाई पहिचान दिनु हो । स्थानीय उत्पादनलाई प्रचार गर्नु हो । निर्यातको लागि माहौल बनाउँनु हो । आयातलाई निरुत्साहित गर्नु हो । तर, मेयर मुनी साहको राज्यमा ठीक विपरित भइरहेकोले स्थानीय जनता भन्छन् ‘लहान महोत्सव के महोत्सव ? जहाँ आफ्नोपन छैन ।

महोत्सवको परिणाम यस्तो बन्दै गएको छ । तीन सय स्टल लगाउँने भनिएपनि एक सय स्टलसम्म भरिभराउ छैन । दूई सय स्टल खाली रहेको छ भने साना व्यापारीलाई छिर्न दिएको छैन । चैत्र २५ देखि बैशाख १० सम्म यो महोत्सव चल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤