Siraha Times
ताजा समाचार

कर्जन्हा नगरपालिका वडाध्यक्ष पक्राउ

  • पुस १४, २०८०
  • १०४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । चुरे र वन क्षेत्रबाट अवैध उत्खनन् रोक्ने अभियानमा उत्रिएको डिभिजन वन कार्यालय लहानले फेरि अर्को कडा कदम चालेको छ । कमला नदीको वन र चुरे संरक्षित क्षेत्रमा उत्खनन् गर्न ठेकेदारलाई गैर कानूनी रुपमा सिफारिस दिएको अभियोगमा कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई पक्राउ गरिएको हो । वडाध्यक्ष पोखरेल अहिले डिभिजनल वन कार्यालय लहानको हिरासतमा छन् । डिभिजनल वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कमला नदीको बल्टिया क्षेत्रमा संरक्षित चुरे र वन क्षेत्रबाट उत्खनन् गर्ने कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइन , स्काभेटर सहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई गत पुष ७ गते नै पक्राउ गरिएको थियो । ठेकेदारलाई वन क्षेत्रभित्रबाट उत्खन्न् गर्ने गराउने गरी गैर कानूनी रुपमा सिफारिस दिएको प्रमाण फेला परेपछि वन कार्यालयले वडाध्यक्ष पोखरेललाई पनि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ गरिएका व्यक्तिहरु उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन् गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१