कर्जन्हा नगरपालिका वडाध्यक्ष पक्राउ

  • पुस १४, २०८०
  • ९५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । चुरे र वन क्षेत्रबाट अवैध उत्खनन् रोक्ने अभियानमा उत्रिएको डिभिजन वन कार्यालय लहानले फेरि अर्को कडा कदम चालेको छ । कमला नदीको वन र चुरे संरक्षित क्षेत्रमा उत्खनन् गर्न ठेकेदारलाई गैर कानूनी रुपमा सिफारिस दिएको अभियोगमा कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई पक्राउ गरिएको हो । वडाध्यक्ष पोखरेल अहिले डिभिजनल वन कार्यालय लहानको हिरासतमा छन् । डिभिजनल वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कमला नदीको बल्टिया क्षेत्रमा संरक्षित चुरे र वन क्षेत्रबाट उत्खनन् गर्ने कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइन , स्काभेटर सहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई गत पुष ७ गते नै पक्राउ गरिएको थियो । ठेकेदारलाई वन क्षेत्रभित्रबाट उत्खन्न् गर्ने गराउने गरी गैर कानूनी रुपमा सिफारिस दिएको प्रमाण फेला परेपछि वन कार्यालयले वडाध्यक्ष पोखरेललाई पनि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ गरिएका व्यक्तिहरु उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन् गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस

मन्त्री गुप्ताको पहल ...

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानह ...

६४ औं राष्ट्रिय नर्स ...

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज न ...

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१