Siraha Times
ताजा समाचार

कृषक महासंघद्धरा नगरप्रमुखलाई ज्ञापन पत्र बुझाईयो

  • पुस १२, २०८०
  • १०६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

शम्भु चौधरी लहान १२ पुस । राष्ट्रिय कृषक समुह महासंघ नेपालद्धरा धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोलाई ज्ञापन पत्र बुभाईएको छ । कृषि विकास शाखाले केहि दिन अगाडी नगर भित्रका किसानहरुलाई ५० प्रतिशत अनुदान स्वरुप गहुँको बिउ वितरण गरीएको थियो ।

शाखाद्वारा स्थानिय किसानहरूलाई अनुदानमा वितरण गरिएको आदित्य जातको गहुँको बीउ खेतमा नउम्रिएपछि स्थानिय किसानहरू कृषक समुह महासंघका उपाध्यक्ष अमिरलाल यादवको नेतृत्वमा खाली बोरा बोकेर कृषि शाखामा पुका थिए। धनगढीमाई नगरपालिका स्थित किसानहरूलाई वितरण गरिएको आदित्य जातको गहुँको बीउ नउम्रिएपछि किसानहरू आन्दोलित भएका छन । करिब ३०।३५ जना किसानहरूको खेतमा छरिएको गहुँ हालसम्म उम्रिएको छैन ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख महतोले भने हामी पनि किसानको समस्या प्रति गम्भिर भएका छौ । यसलाई केहि दिनमै हामी सम्पुर्ण टिम बसी कम्पनी समेतलाई बोलाई यस समस्यालाई समाधानको दिशा तिर लागने बताउनु भयो । ततकाल कृषि शाखामा गई फारम भरी आफनो रेकर्ड बनाई राख्न सबैमा आग्रह समेत गर्नु भयो ।धनगढीमाई नगरपालिका भित्र आम किसानहरूको खेत बारीको माटो परीक्षणको कार्य अगाडि बढाउन सकिएको खण्डमा यस्ता समस्या नआउने भएकोले नगर उक्त कार्यको लागि गम्भीर हुन जरुरी दखिन्छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१