Siraha Times
ताजा समाचार

नवराजपुरमा निशुल्क स्वास्थ शिविर संचालन

  • पुस ११, २०८०
  • ७९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान ११ पुष । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाका पालिका प्रमुखले एक देखि अर्को फर्को मार्दै आफ्ना जन्ताहरुको मन जित्दै छन चाहे त्यो सडक विकास गरेर होस कि चाहे जन्ता सेवा गरेर होस एक तर्फ आँखा शिविर चलिरहेकै बेला मंसिर महिनाको ३०गते देखि अर्को तिर निशुल्क स्वास्थ्य शिविर सुरुवात गरेका छन। गएको महिनामा नवराजपुर गाउँपालिका वडा न० ५ को जन्ता लाई शिविरबाट ३१६ जना बिरामीहरुलाई जांच गरेका थिए भने आज पुस १० गते सोहि शिविर संचालन गरि जम्मा ३६० जना बिरामीहरु लाभाम्बित भएको जानकारी स्वास्थ्य शाखा संयोजक सन्जीब कुमार यादवले जनाए ।

साथै उहाँले भने यो सेवा निरन्तर चलिरहने छन् जब सम्म प्रत्येक वडाका जन्ता यस सेवाबाट लाभाम्बित हुदैन तब सम्म प्रत्येक १५ दिन पछि एक शिविर एक वडामा हुने र यहाँका सेवाग्राहीलाई सेवा दिएर आफु एकदमै गौरमित महसुस गरेको छु बताएका छन। नवराजपुर गाउँ पालिकाको आर्थिक सहयोगमा पुष १० गते श्री जनता आधारभूत विद्यालय नवराजपुर गा.पा.वडा नं ३ जगतपुर मा संचालन भएको नि:शुल्क स्वास्थ्य शिविरको अनुगमनमा गा.पा.अध्यक्ष शिव उदगार यादव(शिवा) सहित वडा अध्यक्षहरु अनुगमन गर्नुभएको थियो र वहाँहरुले अनुगमन गर्दा जाँचमा जम्मा ३६० जना सेवग्राहीले स्वास्थ्य जांच गराएको जसमध्ये MD GP तर्फ १५० जनाले सेवा लिएका छ्न् Derma तर्फ १५० जना General तर्फ ६० जनाले सेवा लिएका छन् र ३४ प्रकारको निःशुल्क औषधिहरू समेत वितरण गरिएको थियो ।

म जनताको सेवा गर्न आएको छु मलाइ अरु केहि चाहिदैन मलाई यस पालिकामा निर्वाचित गराउने जन्ताको दु:ख मेरो आफ्नै दुख हो सम्झी काम गर्दै छु र मेरो बारेमा को के बोल्दै छन् त्यो संग मलाइ कुनै मतलब छैन मेरो बिरोधि जति मेरो बिरुद्ध षड्यन्त्र गरे पनि मलाई फरक पर्दैन कारण म शासक होइन म जन्ताको सेवक हो गा.पा. अध्यक्ष यादवले जनाएका छन।

 
 

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१