ताजा समाचार

‘नेपाल रहियो भने पहडिया र मधेशीया रहन्छन्’, लहान महोत्सव

  • चैत २६, २०७५
  • १२९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २६ चैत्र । नेकपाका केही जनप्रतिनिधि भ्रष्टाचारमा मुछिएको छ । यिनीहरु विकासको नाममा पार्टीलाई बद्नाम गर्ने काम गरिरहेको छ । त्यस्ता जनप्रतिनिधिलाई सरकारले हतकडी लगाउँने उपप्रधान मन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताउँनुभयो । लहान महोत्सवको उद्घाटन गर्दै उपप्रधान मन्त्री पोखरेलले सिरहामा पनि यस्ता जनप्रतिनिधिहरु रहेको सुन्नमा आएको भन्दै तिनीहरुको लागि हामीले बचाउ गर्न नसकिने स्पष्ट पार्न चाहन्छु । अहिले यो सरकारले विकास निर्माणको जग खडा गरेको छ । अब दिवार खडा गर्ने बेलामा जनप्रतिनिधिहरुले भ्रष्टाचार गरियो भने त्यस्तालाई कुनै शक्तिले नबचाउँने मन्त्री पोखरेलले बताउँनुभयो । सिरहाका गाउँपालिका र नगरपालिकाका प्रमुखले लक्षितवर्गको कार्यक्रम सँघसँस्थामार्फत गराउँनुपर्ने ठाउँमा आफै समान्य खर्च गरेर लाखौ भ्रष्टाचारी गरेको छ । निर्माण विकासको काममा नातागोतालाई उपभोक्ता समिति बनाएर लाखौं भ्रष्टाचारी गरेको छ । स्थानीयलाई काम नदिएर कमिशनमा बाहिरियालाई काम दिने गरेकोले पालिका प्रमुखहरुले भ्रष्टाचारीमा लिप्त रहेको छ । मधेशी मैथलीमै बोल्दै उपप्रधानमन्त्री पोखरेलले भारतमा अन्य देशबाट विवाह गरेर ल्याएका महिलालाई ७ बर्षमा नागरिकता दिने गरेको छ । नेपालमा कसरी आउँने वितिकै नागरिकता दिने त ? अब नागरिकतालाई राजनीतिक विषय बन्न नदिने उहाँले बताउँनुभयो । यो देशमा कुनै एक जातको बहुमत छैन । अल्पसँख्यकहरुको देश हो । त्यसैले धोतीले दौरासुरुवाल र दौरासुरुवालले धोतीलाई हेप्न पाइदैन । सबैको भाषा, सँस्कृति,भेषभुषा,सँस्कारलाई सम्मान गर्नुपर्छ अनि मात्रै यो देशमा विकास र अधिकार सवल हुने भन्दै नेपाल रहियो भने पहडिया र मधेशीया रहन्छन् उहाँले बताउँनुभयो । लहान आँपको राजधानी हो । मुनीजीलाई भन्छु दिमागमा योजना र आँखामा सपना हेर्नुस् । लहानको विकासको लागि प्रदेश र संघीय सरकारसँग कार्यक्रम ल्याउँन हामी सहयोग गर्छु । यहाँ उद्योग, कलकारखाना, कृषि उत्पादनमा जोड दिनुस् । अनि मात्रै ‘हाम्रो लहान समृद्ध लहान’ को नारा सार्थक हुने उहाँ उपप्रधानमन्त्री पोखरेलले बताउँनुभयो । लहानले सलहेश सर्किट, वडा २४ मानिकदहमा उद्योगक्षेत्र, कृषि उत्पादनको लागि विशेष क्षेत्र तयार गर्न जोड दिँदै आएको छ । आजको कार्यक्रम लहान नगरपालिकाका प्रमुख मुनी साहका सभाध्यक्षतामा भएको हो । कार्यक्रममा पूर्व समान्य प्रशासन मन्त्री रामचन्द्र यादव, लहानका वडाध्यक्ष तथा अधिकतम सँघसँस्थाका प्रतिनिधिहरुलाई मँचासन नगराएको व्यापक गुनासो चलेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤