भ्रष्टाचारीको पहिचान बनाएका अधिकृत यादव मन्त्री साहको श्रीमान संजयको आर्शिवादले कोल्हवीमा भ्रष्टाचारको ताण्डव मच्चाउदै

  • पुस ४, २०८०
  • ६८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ०४ पुस । भ्रष्टाचारी कर्मचारीको रुपमा पहिचान बनाउन सफल भएका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव कोल्हवी नगरपालिका बारामा भ्रष्टाचारको ताण्डव मच्चाएको समाचार प्राप्त हुन आएको छ । भ्रष्टाचार गर्नमा माहिर मानिएका अधिकृत यादवले तत्कालिन जिल्ला विकास समिति बारामा कार्यरत्त रहदां भ्रष्टाचार सन्दर्भमा उनी माथि कारवाही हुँदा निलम्बनमा परेका थिए । पछि पावर र पैसाको दम्भले निलम्बन फुकुवा गराउदै विभिन्न कार्यालयमा कार्यरत्त रहदै पछिल्लो समयमा पर्साको पर्सागढी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा बसेका थिए ।

उनी पर्सागढीमा कार्यरत्त रहदा विभिन्न शिर्षकमा विभिन्न व्यक्ति र फर्महरुको नाममा करोडौं करोड बेरुजु कायम गराउन सफल भएका थिए । नियमसंगत काम नगर्दा फर्जी बिलको आधारमा भुक्तानी गर्न आदेश दिएपछि करोडौं करोड बेरुजु कायम भएको छ । भ्रष्ट अधिकृत यादवले पर्सागढीमा लुटतंन्त्र मच्चाई राख्दा पर्सागढीवासीले उनलाई धपाएर पठाएका थिए । पर्सागढीको बिरोध पश्चात कोल्हवी नगरपालिका पुगेका अधिकृत यादवले केही महिना सहायकमा हाजिर भई अधिकांश समय बिदा लिएर बसेका थिए ।

उनै भ्रष्ट अधिकृत यादवले प्रमुख प्रशासकीय अधिकृतको रुपमा करिब अढाई महिना अगाडि बढुवा भई कोल्हवी नगरपालिकामा कार्यरत्त रहेका छन् । अधिकृत यादवलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य ठाउंमा पठाउन चाहेको भए पनि मन्त्री अनिता साहको श्रीमान् संजय साहलाई मोटो रकम भेटी चढाई कोल्हवी नगरपालिकामा नै यादव आउन सफल भएको स्रोतको कथन रहेको छ । अधिकृत यादवले कोल्हवी नगरपालिकामा हाजिर भए देखि नै केही जनप्रतिनिधि र कोल्हवीवासीहरु बिरोध गरिरहदां पनि उनी आफ्नो भ्रष्टाचार कार्यलाई “दिन दुगुना रात चौगुना” अगाडि बढाउदै लगेको स्रोतको भनाई रहेको छ ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती निवासी अधिकृत यादवले भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति जोडन सफल भएको बताईन्छ । उनले कलैयाको मेनरोड मोतिबाग चौकमा आफ्नै भवनमा कलेज सञ्चालन गरेका छन् भने चन्द्रनिगाहपुरमा सुजुकीको सोरुम पनि सञ्चालनमा ल्याएका छन् । भ्रष्ट अधिकृत यादवले करिब चार वर्ष अगाडि पिपरपाती गाउंमा करिब डेढ बिगहामा रहेको फुलबारी करिब ६५ लाखमा र पिपरपाती चौकमा करिब छ महिना अगाडि २ कठ्ठा जमिन २२ लाखमा किनेको स्रोतले जनाएको छ । उनले यतिमात्र कहां हो र ? काठमाडौंमा २ किता, हेटौडामा ३ किता, सिमरामा २ किता र वीरगंजमा २ किता घडेरीहरु भ्रष्टाचारको कमाईबाट किन्न सफल भएको बताईन्छ ।

उनको ३ वटा छोराहरु रहेका छन् भने एक जना अष्ट्रेलिया, एक जना भारतको पञ्जाब र एक जना काठमाडौंमा अध्ययन गरिरहेको स्रोतको कथन रहेको छ । लेखा अधिकृत सुरेन्द्र प्रसाद चौधरीको सहयोगमा कोल्हवी नगरपालिकामा लुटतन्त्र मच्चाउन सुरु गरेका भ्रष्ट अधिकृत यादवले भ्रष्टाचारको कमाईबाट आफ्ना र आफ्ना आफ्न्तहरुको नाममा अकुत सम्पत्ति जोडन सफल भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले उनलाई पत्र काटेपनि छानबिन गरी भरपर्दो कारवाही प्रक्रिया अगाडि नबढाउंदा यादवको भ्रष्टाचार धन्दा तिब्र गतिमा बढिरहेको स्रोतको दाबी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

अध्यक्षसहित ७५ जना क ...

लहान वैशाख २० । सिरहाका लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीमा पार्टी प्रवेश कार्यक्रम भव्यताका स ...

मारुती सिमेन्टले कब् ...

नवसंग्राम दैनिक लहान, २० बैशाख । चुरे तथा वन जंगल संरक्षण अभियानले आफ्ना माग राख्दै पदयात्रा शुरु गर ...

भगवानपुरको सिनुरियाम ...

रहमुल लहान १९ बैशाख सिरहाको भगवानपुर गा.पा वार्ड न.१ सिनुरिया गाउँमा राजेन्द्र यादवकाे घर देखि दक्षि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१