रामजानकी महोत्सवमा बैलगाडा दौड प्रतियोगिता

  • पुस १, २०८०
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ०१ पुस । मधेश प्रदेशको सिरहा जिल्ला स्थित सखुवानन्कारकट्टी गाउँ पालिका वडा न० ५ इटहर्वामा रामजानकी विवाह पंचमी महोत्सव २०८० को अवसर पारि बैलगाडा सहित गोरु दौड आज भएको छ विगत दशकौ देखि चली आइरहेको रामजानकी विवाह पंचमी महोत्सव प्रदेशको जनकपुर झै यहा पनि त्यहि दिन धुमधामका साथ मनाइने गरेका गोरु दौड प्रतियोगिता यस वर्ष पनि हर्सौल्लास साथ मनाएको छ । यहा प्रत्येक वर्ष विवाह पंचमीकै दिन गोरु दौड हुदै आएको र यस प्रतियोगितामा बैल गाडा ( गोरु दौड ) गरि मनाउदै आएकाका छन् र यस प्रतियोगितामा बिभिन्न ३ प्रतियोगीहरुलाई पुरस्कृत गर्ने चलन वर्षौ देखि चल्दै आएका हुन् उक्त दौड सिरहाको पश्चिमी इटहर्वा बलानको किनार देखि सप्तरीको पूर्वी मलाहनियाँ हुदै पुन : इटहर्वामा प्रतियोगीहरु पुरस्कृत हुने आयोजकले जनाए ।

May be an image of 3 people and Bactrian camel

उक्त गोरु दौडको आयोजनामा  प्रमुख अतिथिमा सखुवानन्कारकट्टी गाउँ पालिकाकि उपप्रमुख निलम यादव थियो भने बिशिस्ट अतिथिमा ठाडीका बिओपी डिएसपी दुर्गा प्रसाद भट्ट, इलाका प्रहरी लहानका डिएसपी भोला प्रसाद भट्ट सहित रहेको थियो । दौडमा पहिलो हुने जिल्ला सप्तरी बलान बिहुल बेलहीका शिव नारायण यादवको बैल थियो र पहिलो पुरस्कारको रुपमा चाँदी २ तोला, बाल्टी १ थान खली १ बोरा घुघुर २ थान गमछा १ थान त्यस्तै दोस्रो हुने सिरहा सखुवानन्कारकट्टीका रामानन्द कुस्यैतलाई दोस्रो पुरस्कार चाँदी १ तोला, बाल्टी १ थान खली १ बोरा घुघुर २ थान गमछा १ थान तथा तेस्रो पुरस्कार सप्तरीकै बोदेबर्साईनका महेन्द्र यादवलाई बाल्टी १ थान खली १ बोरा घुघुर २ थान गमछा १ थान पुरस्कृत गर्दै समापन्न गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस

जलवायु मैत्री गाउँ प ...

रहमुल, लहान १७ चैत्र । जलवायु परिवर्तनका बढ्दो चुनौतीसँग जुध्दै दिगो कृषि प्रणाली विकास र किसान सशक् ...

राजदेवी आधारभूत विद् ...

रहमुल, लहान १७ चैत्र । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी आधारभूत विद्यालयमा ६ कोठे आधुनि ...

SEE २०८२ केन्द्राध्य ...

रहमुल, लहान १७ चैत्र । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ लाई मर्यादित, व्यवस्थित तथा निष्पक्ष रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१