प्रत्येक पीडितलाई १६ सेट वर्तन सहितको राहत

  • चैत २५, २०७५
  • ९३५ पटक पढिएको
  • राजन सिंह
alt

राजन सिंह चैत्र २५ ।  धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले बाराको हावाहुरी प्रभावित क्षेत्रको ग्राउण्ड जीरोमा पुगेर राहत वितरण गरेका छन् । सोमबार शहिदनगर नगरपालिकाबाट गएको राहत टोलीले बारा जिल्लाको हावाहुरी प्रभावित क्षेत्र कलैया उपमहानगरपालिका वडा नं. ११ छोटकी फूलबरियामा राहत वितरण गरेका हुन् । बरबरियाले प्रत्येक पीडित परिवारलाई १६ सेट सहितको भाँडावर्तन, झूल, फ्रुटी लगायतका राहत समाग्रीहरु वितरण गरेका छन् ।

बाराको विभिन्न प्रभावित क्षेत्रमा राहत वितरण भईसकेको तथा हुने क्रम जारी रहेपनि बाराकै कलैया उमपहानगरपालिकाको वडा नं. ११ मा रहेको छोटकी फूलबरिया टोलमा समेत हावाहुरीले ताण्डव मचाएपनि राहतकर्मीहरु पुग्न सकेका थिएनन् । त्यहाँ टेन्ट लगायतका समाग्री लिएर अन्य राहतकर्मीहरुले सहयोग गरेपनि उनीहरुलाई भान्साको लागि चाहिने समाग्रीको खाँचोलाई मध्यनजर गर्दै ५० परिवारलाई राहत समाग्री वितरण गरिएको हो ।

शहिदनगर नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाका अनुसार १६ सेट भाँडाकुंडामा १ कराही, २ थाली, १ बाल्टि, १ डाडु, १ छौलनी, २ प्लेट, ५ चम्चा, २ कचौरा, २ हाँडी, कराही, थाली, बाल्टिन, करछुल, २ कटोरा, छोलनी, २ प्लेट, २ थाल, चमचा, कठौती (फोहोर फाल्ने वर्तन जस्तै) लगायतका समाग्रीहरु एक सेटमा राखिएको थियो ।

प्रत्येक पीडित परिवारलाई भान्साको लागि कुनै प्रकारको कमि नहोस भन्ने उदेश्यले त्यहाँको माग बमोजिम किचेन सेट नै वितरण गरिएको अधिकृत झाले बताए । उनका अनुसार, कार्यपालिकाबाट राहत समाग्री वितरण गर्ने निर्णय गरिए बमोजिम सोमबार स्थानीय अधिकारीको रोहबरमा उक्त समाग्री वितरण गरिएको हो । सो राहत वितरण कार्यक्रममा मेयर बरबरियाले आफैंले उक्त समाग्रीहरु वितरण गर्दै पीडितहरुसँग हामी साथ छौँ, बारा र पर्सावासीको दुःखसुखमा हामी सदैव साथ छौँ, यस विपदको बेलामा शहिदनगर नगरपालिका तपाईहरुको साथ छ, हामी विपदलाई हातोमालो गरी तह लगाउँछौं । उनले भने ।

१६ सेट वर्तनसँगै राहतमा प्रत्येक परिवारलाई ३ सेट झूल, फ्रुटी, पानी र चाउचाउ समेत वितरण गरिएको थियो । सो राहत समाग्री हस्तान्तरको क्रममा पीडितहरुले आफूहरुलाई यतिको दिनपछि भएपनि, ढिलो भएपनि आफूहरुलाई आवश्यक समाग्री प्रदान गरेको भन्दै मेयर बरबरियालाई प्रशंसा समेत पीडितहरुले गरेका थिए । सो क्रममा मेयर बरबरियाले आफू स्थान, समस्याकोे पहिचान गरेर मात्र राहतको लागि कदम अगाडी बढाएको बताउँदै वास्तविक पीडित समक्ष राहत वितरण गरेको बताए । राहत वितरणमा वडा नं. ११ का वडाध्यक्षले सक्रिय र अहम भूमिका निर्वाह गरेका थिए । स्थानीय प्रहरीको रोहबरमा राहत समाग्री वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, सुब्बा बिन्देश्वर यादव, लेखापाल लोक बहादुर नेपाली, ईन्जिीनीयर सँजय यादव, कम्प्युटर अपरेटर विष्णु यादव, वडा सचिव सुदिप कुमार यादव, वडाध्यक्षहरुमा वडा नं. ९ का वडाध्यक्ष रामदेव मरिक, वडा नं. १ का तेजीलाल यादव सहित सहयोगीहरुले अहम भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१