Siraha Times
ताजा समाचार

राजनैतिक चपेटामा मा.वि.टिकुलिया

  • मंसिर २९, २०८०
  • ७०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका ९ टिकुलियाको केशव स्मारक जनता माध्यमिक बिधालय राजनैतिक चपेटामा परेको देखिन्छ शिक्षा प्रतिनै अन्कुस लाग्ने वातावरण सृजना हुदैछ । नगर प्रमुखको नजरिया बिधालय प्रति फरक देखिएको जन गुनासो छ । जब कि पोहोर साल सम्पुर्ण खेल टिकुलियामा सन्चालन हुने उदघोष मेयर गीता चौधरी द्वारा भएको थियो के कारणले स्थगित गरी कुशहामा सारियो कारण खुल्न सकेको छैन । बिभेद किन? बिधालयको पठनपाठन राम्रो भए पनि प्रशासन पक्ष निकै कमजोर देखिएको छ ।  यसै बिधालयबाट पढेका बिद्यार्थी प्राय  शिक्षक छन तर उहाँहरुको चासो त्यति राम्रो नदेखिनु चिन्ताको बिषय हो। सिरहा सप्तरी गरी दर्जनौ गाउँको बिद्यार्थीको पठनपाठन गर्ने नाम चलेको यो बिधालय गाउँ समाज दुई चिरा भए जस्तै बिधालय पनि दुई चिरामा रहेको देखिएको छ । बि.व्य.स. लगायत सबै समिति बनाइएको छ तर गलत राजनैतिकको कारण बिधालय प्रशासन चुस्तदुरुस्त हुन नसक्नु दुखद पक्ष हो। स्रोतसाधन र भौतिक संरचना प्रयाप्त हुदाहुदै बिधालय राम्रो बन्न नसक्नुलाई आम नागरिकले के बुझ्ने? सम्बन्धित निकाय लगायत स्थानीय सरकारको ध्यानाकर्षण होस । 

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१