Siraha Times
ताजा समाचार

बडहरा दुबाैलिया साकाेसकाे २५ओैं वार्षिक साधारणसभा सम्पन्न

  • मंसिर २७, २०८०
  • ९८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ मंसिर २७ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ५ बडहरामा रहेकाे बडहरा दुबाैलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि.काे २५ ओैं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष विरेन्द्र प्रसाद यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले बैंकले ऋण प्रवाह नगर्दा पनि सहकारीले प्रवाह गरि किसानहरु लाई कृषि गर्न,ऋण लिन बैकं धाउनुपर्ने बाध्यताले मुक्त भएका छन् । सहकारी बुढाेकाे बेला सहाराकाे रुपमा स्थापित भएकाे र सहकारीले हरेक शेयर सदस्यहरुकाे समस्या बुझ्दै जाने जाेड दिनुभयाे ।

संस्था २०५५ साल चैत ९ गते देखि सञ्चालनमा आई हाल असार मसान्तसम्म १५५४ जना महिला र ७११ जना गरि २२६५ जना शेयर सदस्य रहेकाे जसबाट १ कराेड ९० लाख ९१ हजार ४ सय शेयर पुजी रहेकाे र आ.व २०७९/०८० मा २ कराेड ४६ लाख ४६ हजार ७ सय ७८ रुपैया बराबरकाे काराेवार गरेकाेमा २८ लाख ३८ हजार १ सय ५० रुपैया शुद्ध नाफा गरिएकाे संस्थाका काेषाध्यक्ष रमाशंकर गुप्ताले जानकारी दिनुभयाे । आ.व २०८०/०८१ वार्षिक कार्यक्रम तथा बजेट संस्थाका व्यवस्थापक रामचन्द्र राजभरले प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा सरावल गाउँपालिका प्रवक्ता एवम् वडा नं ४ का वडा अध्यक्ष सुरेश प्रसाद यादव,वडा नं ३ का अध्यक्ष फिरङ्गी चाैधरी,वडा नं ५ का अध्यक्ष लक्ष्मण प्रसाद चाैधरी, ६ का अध्यक्ष छाेटे लाल गुप्ता,गाउँपालिका कृषि शाखा प्रमुख कुल्दिप मिश्रा,सहकारी शाखा प्रमुख निसा चाैधरी,राष्ट्रिय सहकारी बैकं बर्दघाट शाखा प्रमुख रबिन गाैतम,नेस्पकुन भुमही शाखा प्रमुख नेत्र प्रसाद सापकोटा,वडा नं ५ का पुर्व अध्यक्ष दिनेश सहानी,नेपाल रेडक्रस साेसाईटी बालपुरी उपशाखा अध्यक्ष सञ्जय माैर्य लगायतले मन्तव्य राख्नुभएकाे कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह व्यवस्थापक इश्वरी राजभरले राख्नुभएकाे कार्यक्रम सञ्चालक शैलेस कुमार चाैधरीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१