ताजा समाचार

एनआईसी एसिया बैंकको देशभरी नै चमत्कारी योजना

  • चैत २५, २०७५
  • ८०९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २५ चैत्र । एनआइसीएसिया बैंकले आफ्नो सेवा विस्तारलाई कसिलो बनाउन यत्तिबेला २२ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो २२ औं वर्षमा प्रवेशसँगै २२ वटै अलगअलग योजना सार्वजनिक गरेको हो । यसलाई सो बैंकले आफ्ना २२ योजनालाई चमत्कारिक योजना भन्दै लहानमा आज (आईतवार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हालसम्म साढे ११ अर्ब निक्षेप र साढे १६ अर्ब कर्जा प्रवाहको कारोबार गरिरहेकोे यस बैंकले प्रदेश २ मा मात्र रहेको दुई लाख ४० हजार ग्राहक संख्यालाई पनि अझ विस्तार गर्ने लक्ष्य लिएको एनआइसी एसीया बैंकका उपप्रादेशिक प्रमुख विवेकबन्धु न्यौपानेले बताए । बैंकले आफ्नो २२ औं वर्ष प्रवेशको अवसरमा सार्वजनिक गरेका चमत्कारिक २२ योजनामा १७ वटा बचतसँग सम्बन्धित, ३ वटा बीमासँग सम्बन्धित र २ वटा कर्जासँग सम्बन्धित रहेको उनले बताए । अब बैंकको चाहना अनुसार नभई सेवाग्राहीको चाहनाअनुसार सेवा प्रवाह गर्न बैंकले समय सापेक्ष विभिन्न स्कीमहरू अगाडि सारेको उनको भनाइ छ ।

देशभरी २८१ वटा शाखा कार्यालय, २८९ वटा एटीएम, ३९ एक्सटन्सन, २३ शाखा रहित बैंकिङ्ग इकाइबाट कुल १५ लाख ६० हजार ग्राहकलाई सेवा दिँदै आएको छ भने सिरहामा प्रदेश २ मा ४३ र सिरहामा ६ शाखा रहेको छ । बैंकले २८१ वटै शाखाबाट सो चमत्कारिक निक्षेप खाता खोल्न सक्ने योजना अगाडि सारेको हो । बैंकले नयाँ योजना अन्तर्गत निक्षेप बचत तर्फमात्र चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक ज्येष्ट नागरिक बचत खाता, चमत्कारिक बाबु नानी बचत खाता,चमत्कारिक विद्यार्थी वचत खाता,चमत्कारिक स्वरोजगार बचत खाता, चमत्कारिक तलव वचत खाता लगायत रहेको योजनाहरूको विशेषताबारे जारी विज्ञप्तीमा उल्लेख छ । निक्षेप योजनामा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १५ लाख रुपैयाँसम्मको नै १८ वटा घातक रोगको बीमा तथा एक लाख ५० हजार सम्मको औषधि उपचार बीमा प्राप्त गर्ने योजना ल्याएको छ । चमत्कारिक योजना अनुसार कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएका २२ योजनाले हरेक वर्ग र क्षेत्रका ग्राहकलाई समेट्ने बैंकले विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤