समाजिक कुप्रथाविरुद्ध सिराहाका पंकजशर्मा विभिन्न जनचेतनामूलक गर्ने तयारीमा

  • मंसिर २६, २०८०
  • २२५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २६ मंसिर । समाजिक अभियानता पंकज शर्मा र महेश महतो लगायत उहाँको टिमले समाजमा रहेको ठुलो समस्या बाल-बिबाह, दाईजो प्रथा कुप्रथा, अन्ध विश्वास र छुवाछुत लगायतका नाकारात्मक बिभेद बढ्दो देखिन्छ । त्यस्ता, कार्यमा कमी ल्याउन, यूवा युवतीमा आत्म निर्भरता वृ‌द्धि विकास गर्न र आत्म हत्या, शारिरीक तथा मानसिक यातना लगायतका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि "देश बनाऔं - महाअभियान" का नारा बोकेर देश भरिका गाउँ, सबै वडा समुदाय- सबै शैक्षिक संस्थाहरुमा जनाचेतामुलक कार्यक्रम संचालनमा ल्याएको छ ।

शर्माले एउटा आफ्नो भाबुक स्लोगन पनि सर्बजनिक गरेका छ । कि त म मरेर जान्छु... या नेपालको गल्ली-गल्लीमा देश बनाउनका निमित्तअनेकौं कार्यक्रम गरेर आउँछु - भनेका छन् । यो स्लोगनले एकदमै मार्मिक कुरा दर्साइरहेको छ। अभियानकर्ताका भनाइ अनुसार हामीलाई यो कार्यक्रम चलाउन रास्ट्रको बजेट आवस्यकता पर्दैन । हामी देश बनाउन निस्केका हैं देशको बजेटलाई लुट्न हैन ।

उहाँले उक्त जनचेतनामूलक कार्यक्रम देश बनाउका लागी देश कै जनता, राजनीतिक कर्म, शिक्षा प्रेमी,युवा तथा बाल-क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगसंगठन, स्कुल, कलेज, कलकारखाना लगायतका संस्था तथा व्यक्तिगत तरिकाले आर्थिक सहयोग चन्दा स्वरुप मागेर देशका गल्ली-गल्ली गाउँ-गाउँ पुगेर गर्ने छौं भनेर जानकारी गराउँनु भएको छ। आफ्नो क्युआर, तथा इसेवा- मो. नम्बर +९७७९८२५७५४५९२ पनि सार्बजनिक गरेको छ ।

शर्माले आर्केस्ट्रामा हैन समाज बनाउन निमित्त सहयोग गर्नु हुनेलाई अनुरोध समेत गरेका छन् । उहाँले भनेको छ-" हामीलाई कार्यक्रम निरन्तर चलाउन हेर्नु आर्थिक सहयोग गर्नुहोस्, यहाँको सानो सहयोगले हामी यो कार्यक्रम निरन्तर राख्न सक्ने छौं । बास्तबमा मधेसी समुदायमा धेरै जानकारी मुलक कार्यक्रमको आवश्यकता छ । पंकज शर्माले विश्वास र छुवाछुत लगायतका कार्यमा कमी ल्याउन, यूवा युवतीमा आत्म निर्भरता वृ‌द्धि विकास गर्न र आत्म हत्या, शारिरीक तथा मानसिक यातना लगायतका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि "देश बनाऔं - महाअभियान" का नारा बोकेर देश भरिका गाउँ, सबै वडा समुदाय- सबै शैक्षिक संस्थाहरुमा जनचेतनामूलक कार्यक्रम गर्दै छ ।

समाजिक अभियानकर्ता :-

पंकज शर्मा "द सन अफ नेपाल "

सम्पर्क नं. +९७७९८२५७५४५९२

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१