Siraha Times
ताजा समाचार

समाजिक कुप्रथाविरुद्ध सिराहाका पंकजशर्मा विभिन्न जनचेतनामूलक गर्ने तयारीमा

  • मंसिर २६, २०८०
  • २५७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २६ मंसिर । समाजिक अभियानता पंकज शर्मा र महेश महतो लगायत उहाँको टिमले समाजमा रहेको ठुलो समस्या बाल-बिबाह, दाईजो प्रथा कुप्रथा, अन्ध विश्वास र छुवाछुत लगायतका नाकारात्मक बिभेद बढ्दो देखिन्छ । त्यस्ता, कार्यमा कमी ल्याउन, यूवा युवतीमा आत्म निर्भरता वृ‌द्धि विकास गर्न र आत्म हत्या, शारिरीक तथा मानसिक यातना लगायतका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि "देश बनाऔं - महाअभियान" का नारा बोकेर देश भरिका गाउँ, सबै वडा समुदाय- सबै शैक्षिक संस्थाहरुमा जनाचेतामुलक कार्यक्रम संचालनमा ल्याएको छ ।

शर्माले एउटा आफ्नो भाबुक स्लोगन पनि सर्बजनिक गरेका छ । कि त म मरेर जान्छु... या नेपालको गल्ली-गल्लीमा देश बनाउनका निमित्तअनेकौं कार्यक्रम गरेर आउँछु - भनेका छन् । यो स्लोगनले एकदमै मार्मिक कुरा दर्साइरहेको छ। अभियानकर्ताका भनाइ अनुसार हामीलाई यो कार्यक्रम चलाउन रास्ट्रको बजेट आवस्यकता पर्दैन । हामी देश बनाउन निस्केका हैं देशको बजेटलाई लुट्न हैन ।

उहाँले उक्त जनचेतनामूलक कार्यक्रम देश बनाउका लागी देश कै जनता, राजनीतिक कर्म, शिक्षा प्रेमी,युवा तथा बाल-क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगसंगठन, स्कुल, कलेज, कलकारखाना लगायतका संस्था तथा व्यक्तिगत तरिकाले आर्थिक सहयोग चन्दा स्वरुप मागेर देशका गल्ली-गल्ली गाउँ-गाउँ पुगेर गर्ने छौं भनेर जानकारी गराउँनु भएको छ। आफ्नो क्युआर, तथा इसेवा- मो. नम्बर +९७७९८२५७५४५९२ पनि सार्बजनिक गरेको छ ।

शर्माले आर्केस्ट्रामा हैन समाज बनाउन निमित्त सहयोग गर्नु हुनेलाई अनुरोध समेत गरेका छन् । उहाँले भनेको छ-" हामीलाई कार्यक्रम निरन्तर चलाउन हेर्नु आर्थिक सहयोग गर्नुहोस्, यहाँको सानो सहयोगले हामी यो कार्यक्रम निरन्तर राख्न सक्ने छौं । बास्तबमा मधेसी समुदायमा धेरै जानकारी मुलक कार्यक्रमको आवश्यकता छ । पंकज शर्माले विश्वास र छुवाछुत लगायतका कार्यमा कमी ल्याउन, यूवा युवतीमा आत्म निर्भरता वृ‌द्धि विकास गर्न र आत्म हत्या, शारिरीक तथा मानसिक यातना लगायतका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि "देश बनाऔं - महाअभियान" का नारा बोकेर देश भरिका गाउँ, सबै वडा समुदाय- सबै शैक्षिक संस्थाहरुमा जनचेतनामूलक कार्यक्रम गर्दै छ ।

समाजिक अभियानकर्ता :-

पंकज शर्मा "द सन अफ नेपाल "

सम्पर्क नं. +९७७९८२५७५४५९२

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१