नवनिर्मित वाडा कार्यालय भवनको छत ढलानको काम संपन्न

  • मंसिर २६, २०८०
  • ८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंशिर २६ । विकासका लागि विगतदेखि अग्रता लिंदै आएका वाडा अध्यक्ष सूर्यमान तामाङको कार्यकालमा भौतिक संरचना र पूर्वाधारहरुको निर्माण धनगढीमाई १३ मा लगातार भइरहेको अवस्था रहेको देखिन्छ । वाडा अध्यक्ष सूर्यमान तामाङको कार्यकालमा सिरहाको धनगढीमाई १३ मा नवनिर्मित वाडा कार्यालय भवनको पूर्णतासँगै छत ढलानको काम सम्पन्न भएको छ ।

राधाकृष्ण कन्स्ट्रक्सन धनगढीमाई १० ले भवन निर्माण ठेक्काको जिम्मा पाए लगतै काम थालेको थियो । राधाकृष्ण कन्स्ट्रक्सनले स्थानिय स्तरमा विगत लामो समयदेखि आफ्नो क्षेत्राधिकार भित्र रहेर समयमा ठेक्काको काम गर्दै आएको हुनाले भवन निर्माणको काम समयमा सकिएको वाडा अध्यक्ष तामाङले बताउनुभएको छ । स्थानिय भोर्नेनी बजार स्थित नव निर्मित वाडा कार्यालय भवनको छत ढलानको कार्य बिहान करिब ८ बजेर ३५ मिनेटको समयमा शुरू गरिएको ढलान कार्य राती ८ बजेर १३ मिनेटमा सकिएको हो । छत ढलानको काम वाडा अध्यक्ष सूर्यमान तामाङ , धनगढीमाईका इन्जिनियरहरु कमलदेव सिंह , विमलेन्द्र पण्डित लगाएतको उपस्थितिमा सम्पन्न भएको हो ।

वाडा कार्यालय भवन ठूलो भएको कारण एकै पटक दुई ओटा मिक्सरको प्रयोग गरेर छत ढलानको काम थालिएको थियो । वाडा कार्यालय भवनको निर्माणले वाडा अध्यक्ष सूर्यमान तामाङको चौतर्फी वडामा प्रसंसा हुन थालेका छन । विगत देखि वाडाका सबै काम काज र स्वास्थ्य सेवा एउटै भवनबाट हुँदै आएको अवस्थामा वाडा कार्यालय भवनको निर्माणले एउटा सकारात्मक परिवर्तनको आभाष भएको आम बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१