श्रावण १६ देखि बुद्ध एयरले जनकपुर–काठमाण्डौं तीन उडान भर्ने

  • चैत २१, २०७५
  • ६७५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राहुल कुमार सिंह चैत २१ निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले जनकपुर—काठमाण्डौं दैनिक तीन उडान भर्ने भएको छ । यात्रुहरुलाई लक्षित गर्दै बुद्ध एयरले ७२ सिट भएको बिमान आगामी २०७६ श्रावण १६ गतेदेखि जनकपुर–काठमाण्डौं तीन पटक उडान भर्ने बुद्ध एयर जनकपुरका प्रबन्धक बिजय कुमार सिंहले जानकारी दिएका छन । यो उडान हाल प्रयोग भइरहेको एटिआर–७२ विमानबाटै हुनेछन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट जनकपुर पुग्न २५ मिनेट लाग्ने गरेको छ । यसअघि बुद्धले दैनिक दुई उडान भर्दै आएको छ । बुद्धले यात्रुलाई विशेष जोड दिने तयारी रहेको जनाएको छ । बुद्धले हाल आन्तरिकतर्फ भद्रपुर, विराटनगर, तुम्लिङ्टार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङ्टार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१