Siraha Times
ताजा समाचार

चट्यान बस्तीमा विद्युतीकरण सम्पन्न

  • मंसिर २१, २०८०
  • ६५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर २१ । सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित धनगढीमाई १४ का बस्तीहरूमा विद्युतीकरण जारी रहेको छ । भौगोलिक विकटताका कारण विकासको मूल धारबाट विगतमा वञ्चित रहेको वाडा नम्बर १४ का बस्तीहरूमा वाडा अध्यक्ष अमित ठकुरीको पहल र लगनशीलताका कारण हरेक क्षेत्रमा विकाशले फडको मार्दै आएको अवस्था रहेको देखिन्छ ।

वाडा नम्बर १४ को राईरैनी बस्तीको माथिल्लो सलहेशको फेदमा रहेको चट्यान बस्तीमा आम मानिसको दैनिकीसँग जोडिएको विद्युतीकरणको कार्य सम्पन्न भएको छ । यद्यपि वडाका अन्य बस्तीहरुमा भने विद्युतीकरणको कार्य जारी रहेको छ । वडालाई उज्यालोमा बनाउनका लागि वाडा अध्यक्ष अमित ठकुरीले कुलमान घिसिङलाई प्रत्यक्ष भेटघाट गरपछि विद्युतीकरणको कार्य हाललाई जारी रहेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१