ताजा समाचार

सप्तरीवासी अब गुह खानबाट रोकियो, स्वच्छता अभियानको आधार तयार

  • चैत २२, २०७४
  • ८३४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक दिनेश्वर गुप्ता लहान । प्रदेश २ मा सिरहापछि सप्तरीवासीलाई खुला रुपमा गुह खानबाट रोकिन चैत्त २१ गते ‘खुला दिशामुक्त एवं खोप शुनिश्चित जिल्ला सप्तरी घोषणा’ गरिएको छ ।
घोषणासभालाई उद्घाटन गर्दै प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रकुमार सोनलले सरसफाईको क्षेत्रमा मधेश अघि बढिरहेको छ, तर यसलाई अगामीदिन सम्म कायम राख्न पूर्ण सरसफाई अभियान चलाउंनुपर्ने बताउंनुभयो । जिल्ला समन्वय समिति सप्तरी तथा डिबाससीसीका अध्यक्ष प्रभाकर यादवका सभाध्यक्षतामा भएको सो घोषणासभामा एसएनभीकी नेपाल प्रमुख नदीरा ख्वाजाकी, युनिसेफकी प्रतिनिधि डा.रौनक खान, युएन हेबिटयाटकी सुधा श्रेष्ठ, आरवाससीसीका प्रतिनिधिहरुले सरसफाईको क्षेत्रमा नेपालले ठुलो फड्को मारेको छ, यसमा पनि प्रदेश २ मा सिरहा र सप्तरीले पूर्ण खुला दिशामुक्त अभियानको लागि जुन ढोका खोलिएको छ, यो घोषणाले स्वच्छ समाजको आधार तयार गरेको बताएका छन् । 
क्षेत्रीय खानेपानी सरसफाइ सरसफाइ तथा स्वच्छता समन्वय समितिले चैत १२ र १३ गते अनुगमन गरी खुला दिसामुक्त घोषणाका लागि सप्तरी जिल्ला योग्य भएको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको १५ चैतको निर्णय अनुसार खुला दिसामुक्त घोषणा गरिएको सदस्य–सचिव लोकेन्द्र यादवले बताएका छन् ।सप्तरीलाई सन् २०१६ भित्रै खुला दिसामुक्त घोषणा गर्ने योजना थियो । तर, शौचालय निर्माण तथा प्रयोगमा अपेक्षित सुधार नआएकै कारण पटक–पटक मिति सार्दै बुधबार औैपचारिकता पूरा गरिएको हो । सप्तरीका कुल १ लाख १९ हजार ६ सय ८२ घरधुरीमा चर्पी रहेको दावी गरिएको छ । अभियानमा कुल ९ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤