अबैध कारोबार र किसानहरूको समस्या प्रती सभापति यादवको ध्यानाकर्षण

  • मंसिर १९, २०८०
  • ५८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान १९ गते मंसिर । नेपाली काँग्रेस जिल्ला कर्यसमितिले पत्रकार सम्मेलन मर्फत एक बिज्ञाप्ति सार्वजनिक गरेको छ ।नेपाली काङ्ग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले जिल्लामा भैरहेको अबैध कारोबार र किसानहरूको समस्या प्रती गम्भीर रुपमा पत्रकारहरुसङ जवाफ् सवाल गर्दै बिज्ञपति मर्फत भने नेपालको सबिधानले प्रत्याभूत गरेको स्वतन्त्रता र जनताले सम्मान पुर्वक बाँच्न पाउने अधिकारलाई कुन्ठीत गरी दमन भईरहेको छ ।

कृषी श्रोतमा आधारित किसानहरुलाई कृषी खेती गर्न आवश्यक सामग्रीहरु समयमा उपलब्ध हुन नसकी विभिन्न किसिमको कठिनाइ भइरहेको छ ।   ज्याला मजदुरीगरी जिवन बिताईरहेका मजदुरहलाई आफ्नो काम गरी आउदा अवैध रुपले रकम लिने कार्य भईरहेको झुठो आरोप लगाई मुद्दा फसाउने कार्यहरु भईरहेको हुदा यी सम-सामयीक विषयहरुलाई एकत्रित गरि पहल गरि पाउने तपसिलमा उल्लेखित माग राखी सिरहा जिल्ला नेपाली काँग्रेस पार्टीको तर्फबाट यो ज्ञापन पत्र पेश गरेका छु । तपसिलमा उल्लेखित मागहरु अबिल्भ पुरा गरिएन भने चरण बध रुपमा गाँउदेखी सडक सम्म शान्ती पूर्ण आन्दोलन समेत गर्ने छु भनी घोषना गर्दछ ।

तपसिल

१. नेपाल भारत खुल्ला सिमानाबाट संगठित खुल्ला भन्सार तस्करि भइरहेको हुदा उक्त कार्य तत्काल बन्द गर्नु पर्ने ।

२. चुरे दोहन तथा खुल्ला रुपमा वन फडानी भई वन कार्यलयको मिलोमतोमा काठ तसकरी भईरहेको तथा खोलानालाबाट अबैध रुपले गिट्टी बालुवा, गराईनेल उतखन्न भईरहेको हुदा तलकाल बन्द गर्नु पर्ने ।

३. किसानहरुले उत्पादन गरेको धान तरकारी फलफुलहरुको उचित मूल्य कायम गरि बाजारीकरण गर्न उचित ठाँउ को पहल गर्नुपर्ने साथै किसानकालागी कृषी ऋण उवल्वध गराई खेती गर्नका लागी रसायनिक मल र विउ तत्कालै उपल्बध गराउनु पर्ने । ४. जिल्लाका प्रसासकिय प्रमुखज्युहरुबाट काग्रेसका कार्यकताहरुलाई 'झुठो आरोप लागाई मुदामा फसाउने गरेको र जिल्लाका जिल्ला प्रमुख ज्युहरुले आफनो पदियओहदाको कार्य सम्पादनमा राजनैतिक दबाब ले भेदभाव गरिरहेको हुदा तत्तकाल सो कार्य बन्द हुनुपर्ने ।

५ अर्नामा गाउपालीकामा पोल तार जडान गर्ने विषयमा बिबाद हुदा कुट पिट भई पक्राउ परेका मान्छे छोडिएको हुदा पक्रउ गरि आवश्यक कारवाई हुनुपर्ने ।

६. बरियारपट्टी गाउँपालिका बार्ड नं. १ मा बसने मृतक राम शंकर यादवलाई हत्या गर्ने फरार हत्यारा हरुलाई अबिलम्ब पक्रउ गर्नु पर्ने ।

बोद्धार्थ

१, गृह मन्त्रालय सिंहदरवार काठमाण्डौ

२, प्रदेश गृह मन्त्रालय जनकपुर

३. जिल्ला प्रहरी कार्यालय सिरहा

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१