ताजा समाचार

‘ओरेक महिला विगार्ने संस्था हो भन्थ्यो’

  • चैत १९, २०७५
  • ९७९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १९ चैत्र । सिरहाको भुवाहीमा यो महिला विगार्ने संस्था हो भन्दै स्थानीय केही पुरुषले हामीलाई ढाट लिएर खेदेका थिए । गोविन्दपुरमा मेरो साईकल नै खोसेर गालीगलौज गरेका थिए । यस्ता कैयन पीडा खेप्दै ओरेक नेपाल आज २८ औं स्थापना दिवस मनाउँदा आफुलाई खुशी लागेको देवकुमारी महराले बताइन् । आज ओरेकको स्थापना दिवस मनाउँदै रिक्मा विकले पुरुषहरुले यो झोला लिएर हिंडेको होइन् मजाक बनाउँन हिँडेको हो । ओरेकले चलाएको समाजिक विकृति विरुद्ध कार्यक्रम गर्दा तीन पटक कुटाई खाए आज समाजमा ठूलो परिवर्तन भएकोले खुशी छु । पुरुषहरुले यस्ता पनि भने कहाँ कहाँ मान्छेलाई नमस्कार गर्छन् आफ्ना पतिलाई हेला गर्छन् । यस्ता विभिन्न किसिमको लालछना सहदै ओरेकमा न्याय र समानताको दुत बनेर काम गर्दा आफु खुशी रहेको विकले बताइन् । ओरेक अन्तरगतको परामर्श केन्द्रले पाठेघर झर्ने र अधिकारको लागि दिपको ज्योती बालिदिएको सरिता राम बताउँछीन् । ओरेक नेपालको २८ औं दिवस कार्यक्रमका प्रमुख अतिथी लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरी, रेडियो समग्रका भैरव गेलाल, अधिकारकर्मी श्यामकुमारी साह, दुर्गा महतो, रामभरोसी महतो, इन्सेकका दुर्गा परियार, नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्तालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤